बीरगन्ज, ३० भदाै । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन तथा निषेधाज्ञाका कारण पछिल्लो ६ महिनाबाट विद्यालयहरु बन्द छन् । विद्यालय बन्द हुँदा विद्यालय जाने उमेर समुहका बालबालिकाहरुको पढाई प्रभावित भएको छ । अनलाईन माध्यमबाट कक्षा सञ्चालनमा कठिनाई भईरहेका कारण विभिन्न विद्यालयहरुले केही समयमै कक्षा बन्द गरिदिएका थिए ।
यसैबिच अनलाईन कक्षा सञ्चालन तथा सहजीकरणका लागि डायनामिक टेक्नोसफ्टले डायनामिक ईआरपी बजारमा ल्याएको छ । डायनामिक ईआरपीको प्रयोगले अब अनलाईन शिक्षा आदानप्रदान सजिलै हुने डायनामिक टेक्नेसोफ्टले दाबी गरेको छ ।
नेपालपोष्टसँगको कुराकानीमा डायनामिक टेक्नोसफ्टका दिपक साहले डायनामिक ईआरपीको प्रयोगले अनलाईन सिकाई थप स्तरिय तथा प्रभावकारी हुने दाबी गरे । उनका अनुसार अनलाईन शिक्षणका लागि डायनामिक ईरापी नेपालकै नमुना प्रविधी हो ।
यसपुर्व हरेक अनलाईन कक्षाका लागि छुट्टै आईडि पासवर्ड बनाउनु पर्ने हुन्थ्यो । तर, डायनामिक ईआरपीको प्रयोगबाट एउटै आईडि पासवर्डबाट विभिन्न कक्षा सञ्चालन गर्न सकिनेछ ।
डायनामिक एकाडेमिक ईआरपीमा अनलाईन एडमिसन तथा ईन्ट्रान्स्, होमवर्क व्यवस्थापन, रियलटाईम ईभेन्ट तथा नोटिफिकेशन, अनलाईन रिजल्ट तथा हाजिरी लगायतका विभिन्न १५ उपयोगी विशेषताहरु यस ईआरपीमा समावेश गरिएको छ ।
विद्यालय व्यवस्थापन, विद्यार्थी तथा शिक्षकहरुको सहजतालाई ध्यानमा राखेर यो प्रविधीको विकास गरिएको डायनामिक टेक्नोसफ्टका साहले बताएका छन् ।
यसैगरि गोपनियताको विशेष ख्याल गरिएको छ ।
सुविधासम्पन्न, भरपर्दो, किफायती तथा सहज यो प्रविधीलाई नेपाल अधिराज्यका ४ सय ५० भन्दा विद्यालयहरुमा उपयोग गर्न थालिएको जनाइएको छ । डायनामिक ईआरपीको प्रयोगले अनलाईन सिकाई सजिलो हुने विश्वास लिइएको छ ।

