धनुषामा एसिड आक्रमणमा बाट घाइते भएकी आरती साह अदालती बयान अस्पतालमै व्यवस्था गर्न माग गरेकी छिन्

spot_img

 

 

 

 

 जनकपुरधाम, मंसिर ८। जनकपुरधाममा एसिड आक्रमणमा बाट घाइते भएकी आरतीसाह अदालती बयान अस्पतालमै गर्ने व्यवस्था मिलाउन माग गरेकी छिन्।

 

तेजाब आक्रमण विरुद्धको अभियानमा रहेको उज्जवल विक्रम थापाले साह बयानका लागि धनुषा जिल्ला अदालत जान सक्ने अवस्था नरहेकाले छिटोछरितो न्यायका लागि बयान अस्पतालमै लिने व्यवस्था मिलाउन न्यायालयसँग माग गरेका हुन्।

गत कात्तिक २९ गते जनकपुरधाम उपमहानगरपालिका–७ की २६ वर्षीया आरतीमाथि तेजाब आक्रमण भएको थियो। उनको हाल कीर्तिपुर स्थित अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहार र छातीको भाग तेजाबका कारण जलेको छ।

तेजाब आक्रमणमा संलग्नलाई नयाँ कानुन अनुसार हदैसम्मको सजाय हुनु पर्ने र न्याय प्रक्रियालाई पीडितको पक्षमा छिटोछरितो बनाउनका लागि आरतीको बयान अस्पतालमै हुने व्यवस्था मिलाउन थापाले माग गरेका हुन्।

हालै सरकारले तेजाब आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्थासहितको कानून जारी गरेको थियो। फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोनधन गर्न बनेको अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन्।

सो कानून अनुसार तेजाब आक्रमण गर्नेलाई २० वर्षसम्मको जेल सजाय र १० लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई क्षतिपूर्ति दिनु पर्नेसहितका व्यवस्था छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय