शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

लैंगिक हिंसा अन्त्यको चुनौति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पछिल्लो समय लैंगिक हिंसा विरुद्ध समाजको विभिन्न तहमा थुप्रै गतिविधि भइरहेका छन् । महिला विरुद्ध हुने कुनै पनि किसिमका भेदभाव तथा हिंसा विरुद्धमा लैंगिक हिंसा विरुद्ध समाजको विभिन्न तहमा थुप्रै गतिविधि भइरहेका छन् । महिला विरुद्ध हुने कुनै पनि किसिमका भेदभाव तथा हिंसा विरुद्ध जागरुकता पनि बढेको छ । तर, अहिले पनि लैंगिक हिंसाका घटनामा कमी आउन सकेको छैन । लैंगिक समानता तथा महिला अधिकारबारे क्रियाशील संघसंस्था तथा मिडियाको भूमिकाका कारण लैंगिक हिंसाका घटना बढी सार्वजनिक भएको विश्लेषण पनि गर्ने गरिन्छ । जेसुकै विश्लेषण गरिए पनि मुख्य सवाल लैंगिक हिंसाको अन्त्य नै हो । अन्यायमा परेका पीडितले सहज ढंगले न्याय पाउने वातावरणको निर्माण हो । सरकार, प्रहरी प्रशासन, राजनीतिक क्षेत्र, समाज, परिवार तथा व्यक्ति लैंगिक हिंसा विरुद्ध कत्तिको संवेदनशील छन् र लैंगिक हिंसा न्युनिकरणका लागि मौजुदा ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुनसकेको छ वा छैन भन्ने सवाल हो ।

- Advertisement -

महिलामाथि हुने भेदभाव तथा हिंसाको सवालमा प्रदेश २ को अवस्था अझै पनि विकराल नै रहेको पछिल्ला घटनाक्रमहरूले पनि देखाइरहेको छ । ज्वलन्त उदाहरणको रुपमा महोत्तरीको बर्दिबासको घटनालाई लिन सकिन्छ । यो घटनाले सरकार महिला हिंसा अन्त्यका लागि अझैं पनि उदासिन रहेको छ भन्ने पुष्टि गर्दछ । त्यसै पनि नेपाली समाजमा अहिले पनि सामन्ती अभ्यास र संस्कार कुनै न कुनै रुपमा विद्यमान नै छ । व्यक्ति, परिवार र समाजको मानसिकतामा सामन्तवादी सोच हट्न सकेको देखिदैन । यसले गर्दा कार्यस्थल, परिवार तथा समाजमा महिलामाथि विभेद र हिंसाको क्रम दोहोरिने गरेको देखिन्छ । तथ्यांकहरूले लैंगिक हिंसाका घटनामा कमी आउनु्को साटो बृद्धि भइरहेको देखाइरहेका छन् । लैंगिक हिंसा विरुद्धको अभियान अथवा अन्य कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रम आयोजना भईरहदा गरिने चर्चामा लैंगिक हिंसाको अवस्थाप्रति चिन्ता व्यक्त हुने गरेको छ ।

लैंगिक हिंसाको अन्त्यका लागि कानूनी प्रबन्ध तथा कानूनको प्रभावकारी कार्यान्वयन मुख्य प्राथमिकता हो भन्नेमा विमति रहदैन । यसका साथै व्यक्ति स्वयंको सोच र व्यवहारमा तात्वीक परिवर्तनले मात्रै लैंगिक हिंसा तथा विभेद न्युनिकरण सम्भव छ भन्ने सबैले बोध गर्नु आवश्यक छ । लैंगिक हिंसाप्रतिको जागरुकता तथा संवेदनशीलताले नै यसको अन्त्यमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ भन्ने पनि बोध हुनु जरुरी हुन्छ । लैंगिक हिंसा विरुद्धका कुनै पनि सरकारी वा गैरसरकारी अभियान, कार्यक्रममा लैंगिक विभेद तथा हिंसाको अवस्थाबारे गम्भीरतापूर्वक चर्चा परिचर्चा आवश्यक हुन्छ । लैंगिक विभेद तथा हिंसा कुनै समुदाय, वर्ग वा क्षेत्र विशेषको समस्या र सवाल मात्रै होइन । निकै शिक्षित तथा आर्थिक रुपमा सम्पन्न अथवा राजनीतिक रुपमा सचेत परिवारमा समेत लैंगिक विभेद तथा हिंसाका घटना दोहोरिएको परिप्रेक्ष्यमा यो सवालमा समाजका सबै पक्षको चासो र सरोकार वृद्धि गर्ने तथा व्यक्ति, परिवार र समाजको पुरातन सोच, अभ्यास र व्यवहारमा तात्विक परिवर्तनका लागि पहल गर्नु आवश्यक हुन्छ ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार