बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
21.1 C
Kathmandu
32.1 C
Birgunj

जोखिमसँग लड्न जिम्मेवार बनौं

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पछिल्लो समय विश्व चरम जलवायु परिवर्तनको मार खेपिरहेको छ । पृथ्वीको तापमान दिनानुदिन बढिरहेको छ । कयैन वनस्पति तथा जीव जन्तुहरु पृथ्वीबाट लोप भइसके भने कयैन लोपोन्मुख अवस्थामा रहेको छ । पृथ्वी मुनि रहेको पानीको लेयर घटदंै गईरहेको अवस्था छ । तर मानिसले कार्बन उत्सर्जनतर्फ आवश्यक कदम चालिरहेको अवस्था छैन । नेपाल पनि गम्भीर जलवायु परिवर्तनको चपेटा पर्ने सक्ने अवस्था रहेको छ । यो विषयवस्तुको उठान किन गर्न खोजिएको हो भने मानव जीवनको रक्षाका लागि अरु वस्तुहरु भन्दा सबैभन्दा महत्वपूर्ण पानी र हावा नै हो । तर मानिसहरु पानी र हावा स्वच्छताको विषयमा आज पनि गम्भीर हुन सकिरहेका छैनन् । नेपाल जलस्रोतको धनी देश मानिन्छ । तर पछिल्लो समयमा नेपालमा पानीको मुहान सुक्न थालेका छन् । भोलि विश्वकै जलस्रोतको धनी देश नेपालमा पानी नै रहेन भने के हुन्छ यस आँकलन गर्दा नै जीव सिरिङ्ग भएर आउँछ ।

- Advertisement -

त्यसकारण, यो विषयमा समयमै गम्भीर भएर देश र जनताको रक्षाको लागि नेपालमा रहेको नदी, नाला, वन तथा जंगल लगायतका प्राकृतिक सम्पदाहरु संरक्षण र प्रवर्धन गर्न रहेको देखिन्छ । विश्वका शक्तिमा तथा बढी कार्वन उत्र्सजन गर्ने राष्ट्रहरुले क्लाइमेट इन्भेष्टमेन्ट फण्ड भने पैसा बढाउने गरेका छन् । तर त्यसको सदुपयोग नेपाल भईरहेको छैन । अन्तर्राष्ट्रिय स्तरमै कार्वन उत्र्सजनमा रोक लगाउने गरी कानुन बनाउने दिशामा विश्व समुदायले काम गरेका छन् । तर त्यो कहिले बन्ला त्यसको कुनै ग्यारेन्टी छैन । आफ्नो सम्पदाको सुरक्षा र संरक्षण भने आफ्नो हातमा रहेको कारण त्यो दिशामा सरकारले ठोस काम गर्न सक्छ । तर त्यो भएको देखिएको छैन । नेपालका नदीहरुमा फोहरका मुहानहरु मिसाइएको छ भने नदी छेउमा खुल्लेयाम रुपमा खुलेका उद्योगहरुले पनि अर्को चुनौती थप्दै गएको देखिन्छ । अर्को तर्फ कार्वनलाई नियन्त्रण गर्न सक्ने वनजंगलको विनास र दोहन नेपालमा अहिले पनि जारी नै रहेको छ । जुन देशकै लागि भोलि ठूलो खतराको संकेत हो ।

अहिले भइरहेको कार्वन उत्सर्जन नघटाए आउँदो ८० वर्षभित्र हिन्दू–कुश हिमालय क्षेत्रका सेताम्मे हिमालमा हिउँ पग्लिएर कालापत्थर मात्र बाँकी रहने चेतावनी सहितको एक नयाँ अध्ययन प्रतिवेदनले पर्यावरणबारे चासो राख्नेहरूलाई नराम्ररी झस्काएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको हिन्दू कुश हिमालय मूल्यांकन प्रतिवेदनमा सन् २१०० सम्ममा हिमालको हिउँ एकतिहाइ भन्दा बढीले घट्ने प्रक्षेपण गरेको छ । त्यति मात्र होइन, विद्यमान कार्वन उत्सर्जनलाई नघटाए हिमालय क्षेत्रबाट करीब दुईतिहाई हिउँ नै रित्तिनेछ । जलवायु परिवर्तनको असरले विश्वव्यापी तापमान वृद्धि औद्योगीकरण शुरू हुनुअघिको १.५ डिग्री सेल्सियसमा सीमित राख्दा पनि हिमालको चुचुरोमा थप ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म तापमान बढ्ने र त्यसले हिन्दू–कुश क्षेत्रका एक अर्ब ६५ करोड मानिसको जीवनयापनलाई जोखिममा धकेल्न सक्ने प्रतिवेदनको आँकलन छ । यो प्रतिवेदनलाई आधार मान्ने हो भने नेपाल अवस्था निकै दयनिय हुन सक्छ । धनी र शक्ति देशहरु जलवायु परिवर्तनसँग भोलि लडन सक्ने होलान् । तर नेपाल जस्तो गरिब र विकासोन्मुख देशले भोलि जलवायु परिवर्तनसँग लड्न सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न सबै सामु खडा रहेको छ । अतः यो विषयमा सरकार मात्र होइन, देशका हरेक नागरिक जिम्मेवार र गम्भीर हुन जरुरी छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार