बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...

पर्साबाट कैदीबन्दीसमेतले दिए एसईई...

बीरगन्ज,१५ चेत । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा...

विद्युतीय सवारी सस्तो निर्यातमा...

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले...

नेपाल प्रहरीका आठ डीएसपी...

नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका...
16.1 C
Kathmandu
29.9 C
Birgunj

दण्डहिनता मौलाउँदा भ्रष्टाचारले झन् जरा गाड्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हरेक वर्षको ९ डिसेम्बरका दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मनाइन्छ । गत वर्ष झैं यस वर्ष पनि मनाइएको छ । विशेष अवसर वा दिवसका दिन विशेष चर्चा परिचर्चा तथा कार्यक्रम हुनु स्वभाविक हो तर दिवसको दिनमा मात्र होइन, अभियान र प्रयास तथा सचेतनामुलक कार्यक्रम वर्षभरि नै हुनुपर्छ । त्यसले मात्र सार्थक परिणाम निम्त्याउँछ ।

- Advertisement -

अझ भन्नुपर्दा, वर्षभरि नै अभियान र प्रयासहरु यसरी गर्नुपर्छ कि दिवसको दिनमा त्यसको परिणाम सबैलाई देखाउन सकियोस् । दिवसको दिन त, वर्षभरि गरेका ठोस कामको परिणामलाई उपलब्धिको रुपमा सबैलाई प्रत्याभुत गराएर साझेदार गर्न सक्नु पर्छ । अनि दिवसका दिन राज्य पक्षबाट अभियान र प्रयास केन्द्रित नीति निर्माणमा थप पहलकदमी भइदिनु उत्तम हो । दिवस त थप झक्झक्याउने विशेष दिन मात्र हो ।

भ्रष्टाचार नेपालमा निकै मौलाइरहेको छ भन्ने सबै जनतालाई लागेको छ । सायद सरकारमा बस्नेहरुलाई पनि लागेको होला, र पो प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ मात्रै भन्दैनन्, भ्रष्टाचारीको मुखै हेर्दिन भन्छन् । तर उनैमाथि भने भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप छ ।

- Advertisement -

जनमानस र अरु राजनीतिक दलले त भन्ने नै भए, उनकै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि लिखित रुपमै त्यस्तो आरोप लगाएका छन् ।

त्यस्तो आरोपसहितको राजनीतिक प्रस्ताव सत्तारुढ पार्टी नेकपाको बैठकको एजेन्डा छ, भलै त्यसलाई छल्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् ।

त्यसभन्दा माथि उठेर हेर्दा पनि एउटा अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले पनि प्रधानमन्त्री भ्रष्टाचारीको संरक्षणकर्ता रहेको प्रतिवेदन नोभेम्बर महिनाको अन्तिम साता प्रकाशन ग¥यो । जसलाई सरकारले भने अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै हेर्दिनँ भनेर नारा लगाएजस्तै सार्वजनिक सेवाका थुप्रै कार्यालयमा टाँसेको देखिन्छ, ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।’

कतिपय कार्यालयमा भ्रष्टाचारीलाई प्रवेश निषेध पनि लेखिएको हुन्छ । तर तिनै तिनै कार्यालयहरुमा भ्रष्टाचार मौलाएको जनगुनासो हुन्छ । भ्रष्टाचार केवल नारा जपेर निवारण हुने विषय रहेनछ भन्ने सयौं सयौं वर्षका अनुभवले पुष्टि गरिसकेको छ ।

भ्रष्टाचार निवारणका लागि सदाचारको विकास हुनुपर्छ । कर्तव्यनिष्ठ कर्मचारीतन्त्र र जनप्रतिनिधि चाहिन्छ । बलियो कानुनी व्यवस्था र त्यसको पालनाले भ्रष्टाचार कम हुन सक्छ ।

वास्तवमा नेपालजस्ता गरिब र अविकसित मुलुकको दुर्भाग्य के हो भने यहाँ कानुनको पालना हुँदैन । कानुनी राजको अभावकै कारण भ्रष्टाचार मौलाएको हुन्छ । नेपालमा दण्डहीनता जसरी मौलाएको छ, त्यसैको फलस्वरुप भ्रष्टाचारले झन्झन् जरा गाड्दै गएको छ ।

भ्रष्टाचार हुनु केवल जनताले दुख पाउनुमात्रै होइन, सार्वजनिक सेवा सहज नहुनुमात्रै होइन, आर्थिक उन्नति र प्रगतिमा ठूलो बान्डो लाग्नु पनि हो ।

जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ नयाँ नयाँ लगानी थपिन्न, न स्वदेशी, न विदेशी । लगानी नहुनु उद्योग धन्दा कलकारखानासहित अर्थतन्त्र चलायमान बनाउने पूर्वाधार र संरचना नहुनु हो ।

त्यो नहुनु भनेको राज्यले राजस्व आम्दानी नपाउनु हो । राज्य नै गरिब भएपछि देशमा विकास हुने कुरै भएन । भ्रष्टाचारले अरु थुप्रै क्षेत्रमा पनि प्रहार गरेको हुन्छ, समग्रमा देश र जनताका लागि अत्यन्त हानि पु¥याउँछ । यिनै कुरा मनन गर्दै भ्रष्टाचार विरुद्ध लाग्नुपर्छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार