धनुषामा टयाक्टर अनियन्त्रित भई एकको मृत्यु

spot_img

जनकपुरधाम,३० मंसिर । धनुषामा अत्याधिक जाडोसँगै हुस्सुका कारण टयाक्टर अनियन्त्रित भई एकको मृत्यु भएको छ।दुर्घटनामा  विदेह नगरपालिका वडा नम्बर ५ मुडिबा बस्ने ३५ वर्षीय दिलिप पासवानको मृत्यु भएको प्रहरीले जनाएका छन।

 

सहिदनगर नगरपालिकाको हठीपुरबाट नम्बरको टयाक्टर चलाएर आफ्नो घर फर्किदै गर्दा १ त ६९६३ नम्बरको टयाक्टर पल्टिदा उनको मृत्यु भएको हो।अत्याधिक हुस्सुका कारण टयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।

मृतक पासवानको शव प्रोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय