शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

कोरोना कहरमा किशोर किशोरीको अवस्था र अभिभावकको भुमिका

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
प्रकाश पाण्डे :  विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट सुरक्षित रहनका निम्ती सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) का कारण सबैको दैनिक क्रियाकलाप प्रभावित भएको सबैलाई अवगत नै छ ।
नेपालका दुबै छिमेकी मुलुक भारत र चिनसहित युरोप, अमेरिका र विकसित राष्ट्रको समेत शक्ति, सन्तुलन र हैसियतलाई नराम्रोसँग खल्बल्याई दिएको छ । कोरोना महामारीले मजदुर, किसान, दैनिक ज्यालादारीमा निर्भर असंगठित श्रमिक, न्यूनवैतनिक कर्मचारी, बेरोजगार र विद्यार्थीको अवस्था आ–आफ्नै प्रकारले प्रभावित भएको छ ।
वयस्क र वृद्ध अवस्थाका मानिसको शारीरिक र मानसिक स्वास्थ्यका बारेमा चर्चा भए पनि किशोरावस्थाका व्यक्तिहरूका विषयमा कमै चासो हुने गरेको छ । किशोर/किशोरी उमेरगत हिसावले गर्दा घर परिवारमा पनि एक्लिएर बस्न रुचाउने भएकाले पनि त्यो उमेर समूहको समस्याका विषयमा कम चर्चा भएको हुन सक्छ । तर जीवनको एउटा अप्ठ्यारो मानसिक, शारीरिक र भावनात्मक उथलपुथल लिएर आउने समय भनेकै किशोरावस्था हो ।
अँझ यो कोरोनाले उत्पन्न गरेको अत्यास लाग्दो अवस्थामा ती भावनात्मक उथलपुथल र एक्लोपनको मनोभावनाले उनीहरूको मानसिक अवस्थालाई अझ जटिल बनाउदै लगिरहेको हुन्छ । किशोरावस्थामा पहिलेभन्दा कम बोल्ने, एकोहोरो हुने, झर्कीफर्की बढी गर्ने र चाँडै रिसाउने जस्ता स्वभाव देखापर्छन् ।
किशोर किशोरीबाट अभिव्यक्त दिक्दारीहरूमा पनि समानता भेटिन्छ । घरमा अभिभावकले निरन्तर पढ् भनेर दिने दबाब वा साथीहरूसँग भेट्न नपाउँदाका पीडाले ल्याएको दिक्दारी नै उनीहरूले अभिव्यक्त गरेका हुन्छन् । बुझ्नुपर्ने कुरा के छ भने यी दिक्दारीमध्ये कतिपय तात्कालिक अवस्था र परिवेशले ल्याएको भावनात्मक बहमात्रै हो भने कतिपयचाहिँ मानसिक समस्याको संकेत हो ।
किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ, त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसैअनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् ।
किशोरावस्थामा प्राकृतिकरूपमै मानिस आफ्नै उमेर समूहमा साथीहरूसँग बढी हिमचिम गर्ने, विपरीत लिङ्गीप्रति आकर्षित हुने, विचार र भावना साट्ने, आफ्नो पहिचान खोज्ने कोसिस गरिरहेका हुन्छन् । कोरोना महामारीले गर्दा उनीहरूको दैनिकी फेरिदै गरीरहेको थियो । विद्यालय वा कलेज जान पाएका थिएनन् जसले गर्दा साथीहरूसँग समय बिताउन पनि पाएका थिएनन् । खेलकुद पनि छुटेको छ ।
अहिले फेरी कतिपय शैक्षिक संस्थाहरु सञ्चालनमा आउन थालेसँगै फेरी पुरानै लयमा फर्किने हो की लकडाउनले बानी बिगारेर अरु कुनै अवस्थाको सृजना हुने हो भन्ने चाँही हेर्न बाँकी नै छ । यस्तो अवस्थामा बालबालिकालाई झैं उनीहरूलाई जतिखेर पनि ध्यान दिइराख्नुपर्दैन तर अभिभावकहरूले उनीहरूको भावना, विचार र व्यवहारमा भने ध्यान दिनैपर्छ । केही समस्या देखिए त्यसलाई संवेदनशील तरिकाले सम्बोधन गर्न पनि उत्तिकै जरुरी छ ।
बन्दाबन्दीका कारण सिर्जित तनावमा उनीहरूले उचित मार्गनिर्देशन खोजिरहेका हुन्छन् । अभिभावकहरूले यो पक्षमा ध्यान दिन आवश्यक छ । अभिभावकले आफ्ना किशोरावस्थाका छोराछोरीका कुरा राम्ररी सुन्ने, चित्त नबुझेका कुरामा पनि तुरुन्तै प्रतिकूल प्रतिक्रिया नदिने र आफूलाई शान्तरूपमा प्रस्तुत गर्ने व्यवहारले उनीहरूलाई आफ्ना समस्या राख्न उत्प्रेरित गर्छ । सानो कुरा नमिल्दा वा बिग्रदा पनि निराश हुने वा रिसाउने किशोरावस्थाका भावहरू अभिभावकले बुझ्न सक्नुपर्छ र त्यसैगरी ग्रहण गर्न सक्नुपर्छ । यो अवस्थामा अभिभावकले साथीसँग कुराकानी गर्ने वातावरण, समय र गोपनीयताको विषयलाई पनि ख्याल गरिदिनुपर्छ र त्यसै किसिमको वातावरण बनाइदिनुपर्छ ।
अर्को भनेको यो उमेरमा उनीहरू निकै ऊर्जावान, सिर्जनात्मक र प्रयोग गर्न रुचाउने भएकाले विभिन्न चुनौतीपूर्ण काम गर्न प्रेरित गर्न सकिन्छ । सिर्जनात्मक चुनौतीहरू समाधान गर्न खोज्ने प्राकृतिक व्यवहारका कारण उनीहरूलाई त्यस्ता काममा प्रेरित गर्न सकिन्छ ।
समग्रमा भन्ने हो भने किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसैअनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् । हामीले किशोरावस्थाका छोराछोरीलाई दिने त्योभन्दा राम्रो उपहार केहि हुन सक्दैन ।
‘लेखक युरोपियन युनियनको आर्थिक सहयोगमा एवम नेपाल ग्रामीण पुनर्निर्माण संस्था द्वारा संरक्षण नेपाल र चाइल्ड नेपालको सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रमका कार्यक्रम अधिकृत हुनुहुन्छ ।’ 
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार