मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

केपि ओलिले चालेको कदम अत्यन्तै तल्लो स्तरको कार्य भएको कांग्रेस नेता रिजालको टिप्पणी

  • 434
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको चौतर्फी आलोचना भइरहेको छ । सत्तापक्ष तथा प्रतिपक्षका नेताहरुले पनि उक्त कदमलाई असंवैधानिक कदम भनेर विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् ।

- Advertisement -

यसै क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले केपि ओलिले चालेको कदम अत्यन्तै तल्लो स्तरको कार्य भएको टिप्पणी गर्नुभएको छ । दुई तिहाई जनताले विश्वास गरेको सरकारको जिम्मेवार पदमा बसेको व्यक्तिले यस्तो तल्लो स्तरको काम गर्न अनुचित हुने रिजालको बुझाई छ ।

- Advertisement -

यस कदमले लोकतन्त्र माथी जनताको बिशवास गुम्नुका साथै अर्कोतिर जनताले दिएको मैन्डेटमा नेकपा असफल भएको र आगामी चुनाबमा भोट माग्न जाँदा लाज मान्नुपर्ने धारणा राख्नुभयो ।

जनताको माझमा अनुहार देखाउन पनि नसक्ने किसिमको कार्य गरेर आम जनतालाई भ्रममा राखेर आफु पानीमाथिको ओभानु हुन नखोज्न पनि उहाँले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ ।

अहिलेको कोरोना कालमा दुनियाँको अर्थ अवकाश नै डामाडोल भएको अवस्थामा देशले कोरोनाको औसधि सम्म किन्न नसकेको बेला चुनाव कसरी संचालन गर्ने भन्ने प्रश्न पनि तेस्रिएको छ ।

बिकास बजेट कटौति गरेर गर्ने भनेर प्रधानमन्त्री ओलीले अभिब्यक्ति दिइरहेको पनि त्यसलाई कार्यन्वयन कसरी गराउने भन्ने बारे बहस गर्नुपर्ने आवश्यक्ता पनि खट्किएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -