शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

विरोध प्रदर्शनको फरक शैली अपनाईयोस्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

देशमा राजनितिक सकट गहिरिँदै गइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदन विघटन गरेपछि देश जटिल राजनितिक मोडमा खडा भएको छ । नेकपा भित्रको आन्तरिक विवाद मिलाउन नसक्दा सदन विघटनको गर्ने सम्मको निर्णयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी विरोध भइरहेको छ । यसरी विभिन्न राजनितिक पार्टी तथा संघ संस्थाको विरोध खेपीरहेका ओलीको निर्णयलाई स्वागत योग्य भन्नेहरु पनि धेरै छन् ।

- Advertisement -

नेकपा भित्रकै एक गुट ओलीको कदम स्वागत योग्य रहेको तथा जनताको म्याडेट लिनु पर्ने बेला भइसकेको बताउँदै आएका छन् । सरकारको प्रमुख प्रतिपक्षी दलको भुमिकामा रहेको नेपाली कांग्रेस भित्र पनि ओली पक्षमा उभिनेहरुको सख्या बाक्लो रहेको छ । राप्रपा, जसपालायतका अन्य दलहरु ओलीको बिरोधमा नै देखिएका छन् ।

तर, त्यस भित्र पनि नयाँ जनमत लिनु नै उचित हुने भन्नेहरु पनि छन् । संसद विघटनको विरोधमा एक दर्जन भन्दा बढि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । यसको सुनुवाई संवैधानिक इजलासमा शुक्रबार हुने तय भएको छ । यसैबिच राजाले पनि यहि पुष १० गते देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम राखेको भन्ने हल्लाहरु पनि आइरहेको छ । यी सबै घटना क्रमलाई नियाल्ने हो भने देशमा गम्भीर राजनितिक संकट पैदा भएको छ ।

- Advertisement -

जसको सहि निकास निस्किन सकेन भने प्राप्त उपलब्धीहरु नै गुम्न सक्ने खतरा उत्पन्न भएको छ । यस्तो अवस्थामा देशीविदेशी तत्वहरु पनि नेपालमा सक्रिय भएका छन् । जुन नेपाल र नेपालीको लागि घातक सिद्ध हुन सक्छ । त्यसकारण यस्तो विषम परिस्थितीमा देशका तमाम जनता तथा राजनितिक दल एक जुट हुन आवश्यक रहेको देखिन्छ । विभिन्न राजनितिक दलले विरोध प्रदर्शन लगायतका कार्यक्रमहरु तय गरेको छ । तर, देशमा बन्दी तोडफोड लगाएको कार्यहरु हुन सक्ने संकेत देखा पर्न थालेको छ ।

हालको अवस्थामा विरोध प्रदर्शनको फरक शैलीहरु अपनाउनु पर्ने देखिन्छ । बजार बन्द लगायतका कार्यहरु कहि कतैबाट हुनुहँुदैन । कोरोना जोखिम अहिले पनि रहेको कारण कोरोना रोकथामको लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकलहरुको पालना गर्नु पर्ने देखिन्छ । लामो समय पछि व्यापार लयमा फर्कि रहेको अवस्थामा देखिएको राजनितिक संकटले व्यापार व्यासाय झनै धरासायी हुन सक्ने खतराहरु उत्पन्न भएको छ । त्यसकारण यी सबै कुराहरुलाई ध्यानमा राखेर नै विरोधका कार्यक्रमहरु गर्नु पर्ने उचित देखिन्छ । यस विषयमा हालको अवस्था विरोधको कार्यक्रम गर्ने जोसुकै दल तथा संघ संस्थालाई ध्यान पु¥याउन जरुरी रहेको देखिन्छ ।

कोरोना कहर तथा लामो समयको बन्दाबन्दीका कारण जनता आहातमा छन् । पिडामा रहेका जनतालाई कहि कतैबाट थप पिडा दिने काम हुनु हुदैन् । जनताको जन जीवनमा प्रभाव नपर्ने गरी विरोधका कार्यक्रमहरु हुनु पर्दछ । ठुल्ठुला राजनितिक संकटलाई नेपाली जनताले साहसिक रुपमा समाधान गरेको कारण हालको परिस्थितीको पनि सहि समाधान नेपाली जनताले खोज्ने छन् । अब दुधको दुध र पानीको पानी नेपाली जनताले छुट्याउँने छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार