बुधबार, माघ १४, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

दु:खदायी २०२०

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

शुक्रबारबाट अंग्रेजी नयाँ वर्ष २०२१ शुरु भएको छ । शुक्रबार विश्वभरका मानिसले नयाँ वर्षलाई स्वागत गरे । यसरी २०२१ लार्य स्वागत गरिरहँदा २०२० को समीक्षा पनि भएको छ । समीक्षात्मक विश्लेषण गर्दा, सन् २०२० विश्व जगतकै लागि दुखद् र पीडाको वर्ष बन्न पुग्यो । विश्वभरका सम्पूर्ण मानिसले सन् २०२० लाई दुखदायी वर्षका रुपमा बिदा गरेका छन् । साथै, सन् २०२१ मा पीडा नदोहोरिने अपेक्षासहित सबैले यो नयाँ वर्षको पहिलो दिन यसको स्वागत गरिएको छ ।

- Advertisement -

गत वर्षको शुरुमै उत्तरी छिमेक चीनबाट कोरोना महामारीको संक्रमण फैलन शुरु भएको थियो । संक्रमणको तिव्र गतिले गर्दा विश्वभरका मानिस प्रताडित भए । कयौंले ज्यान गुमाए । कयौं संक्रमित भए । हाल पनि कोरोनाको संक्रमणले विश्व पिडित नै छ । कोरोनाको संक्रमण नियन्त्रण र न्युनिकरणका लागि विश्वभर महिनौंसम्म लकडाउन गरियो । लकडाउनका कारण अर्थतन्त्र धरासायी बन्न पुग्यो भने यसले मानवीय संकट निम्त्यायो ।

- Advertisement -Trulli

विश्वभर कोरोना संक्रमणबाट १८ लाख बढीको मृत्यु भयो । आठ करोड ३२ लाख बढी मानिस संक्रमित भए । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणबाट १८ सय ५६ जनाको मृत्यु भएको छ । दुई लाख ६० हजार बढी संक्रमित भएका छन् । संक्रमण अझै सकिएको छैन । अर्थात्, सन् २०२१ पनि संक्रमणको त्रासमै बित्नै अनुमान गरिदैंछ । किनकि, कोरोना संक्रमण विरुद्ध खोप तत्कालै सबैको पहुँचमा पुग्ने सजिलो छैन । अझ, नेपाल जस्तो कम विकसित मुलुकलाई खोपको उपलब्धता निकै कठिन छ । सरकारले गुणस्तरीय खोप निशुल्क उपलब्ध गराउने त बताउँदै आएको छ । तर, विश्वस्त हुने आधार छैन ।

सन् २०२० मा सरकारले गरेको कार्यसम्पादनलाई आधार मान्ने र त्यो शैलीमा ठूलो भिन्नता आउने छैन भन्ने मान्ने हो भने यो वर्ष पनि नेपालीले कोरोना संक्रमणको भयमै बिताउनुपर्ने बाध्यता हुन सक्छ । किनभने सन् २०२० भित्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जस्तो संकट देखियो । यसको असर यो वर्षभर कायमै रहने देखिन्छ । पाँच वर्षे स्थिर सरकारका लागि जनमत पाएको नेकपा विभाजन मात्रै भएको छैन, दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । ओलीले विघटन गरेको संसद पुनस्र्थापनाको आन्दोलन शुरु भई नै सकेको छ । तसर्थ, यो वर्ष पनि फेरि कम सकसपूर्ण हुने देखिदंैन । त्यसै पनि महामारीबाट नागरिकको जीवन जोगाउनुपर्ने दायित्व बोकेको नेकपाभित्र देखिएको कचिङ्गलले नेपालीका लागि वर्ष २०२० थप पीडादायी बन्यो । रोग, भोक र राजनीतिक संकट मात्रै नभएर गएको वर्ष नेपालमा संवैधानिक संकट तथा उपलब्धी गुम्ने खतरामा समेत देखियो । समग्रमा, सन् २०२० दु:खदायी वर्ष भयो ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -