नेकपा ओली पक्षद्वारा जनकपुरधाममा शक्ति प्रदर्शन

spot_img

जनकपुरधाम,पौष २१ – जनकपुरधाममा नेकपा ओली पक्षको शक्ति प्रदर्शन भएको छ। जनकपुरधामको रेल्वे स्टेसन देखि रैली सुरु भएर नेकपा प्रदेश कार्यालयसम्म नारबाजी गरियो। ओली पक्षले पछिल्ला दिन देशका विभिन्न जिल्लाहरुमा शक्ति प्रदर्शन गर्दै आइरहेको छन्।


सांसद बिघटन संगै नेकपाबाट रुष्ट पुष्प कमल दहाल प्रचण्ड-माधव नेपाल समुह पछि हटेकोछ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार नेकपाले प्रदेश पार्टी कार्यलय (मिथिला भवन) नेकपा कार्यालय जनकपुरधाममा जिल्ला स्तरीय बृहत कार्यकर्ता भेला कर्यक्रम आयोजनको पूर्वसंन्ध्यामा प्रचण्ड(नेपाल समुहले कार्यक्रम नगर्न दिने चेतावनी दिएको थियो ।

नेकपा नेता तथा ओली पक्षधर उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, शहरी विकास मन्त्री प्रभु साह, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादब, बिदेह नगरपालिकाका मेयर बेचन दास सहितले जनकपुरमा शक्ति प्रदर्शन गरेका हुन ।

 

उनीहरु उक्त पार्टी कार्यालय आफुहरुको रहेको दाबी गर्दै सभा आयोजना गरे संगै जनकपुरमा ओली पक्ष बलियो स्थितिमा देखिएको बताए।

यद्पी ओली समुहले शक्ति प्रदर्शन गर्दै नेकपा प्रदेश कार्यालयमै सभा आयोजन गरेको छ ।

जनकपुरको रेल्वे स्टेशन बाट निस्केको जुलुस भानु चोक, शिव चोक, जनक चोक, राम चोक हुंदै पार्टी कार्यालयमा भेला भएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय