spot_img

जान्नुहोस् साष्टांग प्रणामको महत्व

spot_img
spot_img

हिन्दूहरूमा प्रणामको आफ्नै महत्व छ। मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो।

यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ । आठवटा अंगसहित गरिने प्रणाम भएकाले सा-षंग भनिएको हो ।

यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन्। धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको लक्षण हो ।

महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको गर्भ र वक्षस्थलले जमिनलाई स्पर्श गर्न हुँदैन । एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि वक्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा दबाउन नहुने मान्यता हो ।

आधुनिक मानिसलाई त यो आसन पुरानो रूढी मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अहंकार त्यागलाई प्रतीक बनाउँछ। अहंकारलाई त्यागेर ईश्वरप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय