जाडोबाट जनतालाई राहत दिन यस वर्ष पनि राज्य असफल

spot_img

सम्पादकीय

तराईमा अहिले अत्याधिक चिसो र शितलहर चली रहेको छ । तराईका जनता हरेक वर्ष जाडो गर्मी, वर्षा र अन्य प्राकृतिक विपदासँग लड्दै आएका छन् । अहिलेको चिसो र सितलहर अस्वभाविक भने छैन । हरेक वर्ष चिसो र शितलहरले तराईको जनजीवन कष्टकर बनाउने गरेको छ । त्यती मात्र नभएर दर्जनौँले चिसो र शितलहरको कहरबाट ज्यान समेत गुमाउने गरेका छन् । यस वर्षको जाडो र शितलहरका कारण हाल सम्म कम्ती पनि ५ जनाले ज्यान गुमाइसकेका छन् । प्राकृतिक कहरबाट जनतालाई जोगाउने राज्यको दायित्व हो । तर, राज्य भने हर–हमेसा आफ्नो दायित्वबाट पन्छिदै आएको छ । चिसोबाट हरेक वर्ष जनजीवन प्रभावित हुनुको साथै तराईवासीको ज्यान समेत लिने गरेको भए पनि त्यसबाट जनतालाई बचाउन तथा राहत प्रदान गर्न राज्यका सम्बन्धित निकायले पुर्व तयारी गर्ने गरेका छैनन् । राज्य हरेक वर्ष आफ्नो यो दायित्व पन्छिदै आएको छ ।

चिसो पर्छ÷पर्दैन अलमलमा परेर हरेक वर्ष चिसो प्रभावितहरुका लागि छुट्याएको रकम समेत खर्च नहुने परम्परा रहेको छ । जसको झल्को यस वर्ष पनि तराईका जिल्लाहरुमा देखिएको छ ।
पछिल्लो एक सातादेखि तराईमा जाडो चरम उत्कर्समा छ । जिल्लावासीलाई राहत प्रदान गर्नको लागि गठित जिल्ला विपद् व्यवस्थापन समितिहरुले यस वर्ष पनि लाचारीपन देखाएका छन् । संघ र प्रदेश सरकारले जिल्ला स्थित विपद् व्यवस्थापन समितिलाई जाडोबाट जनतालाई राहत प्रदान गर्नको लागि थुप्रै बजेट पठाएपनि त्यसलाई खर्च गर्न तदारुक्ता देखाउन सकेको छैन ।

तराईका जिल्लाहरुमा खास गरी जेष्ठ नागरिक, अतिविपन्न, दालित तथा बालबालिकाहरु जाडोबाट बढी प्रभावित भएका छन् । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने योजना बनाएको भए पनि त्यो योजनामै सिमित देखिएको छ । सरकारी अधिकारीहरु यस वर्ष खासै जाडो नपर्ने भन्दै हेरी बसेको तथा अचानक जाडो बढे पछि के गर्ने नगर्ने अन्यौलमा परेको देखिन्छ ।

गरिब असहाय जेष्ठ नागरिकलाई प्रदान गर्ने भनिएको न्यानो कपडा हाल सम्म वितरण नभएको तथा अब वितरण हुने छाटकाँट पनि नरहेको देखिन्छ । यसरी राज्यका अंगहरुले गैर जिम्मेवार शैली अपनाए पछि विपन्न वर्ग जाडोमा कठयाँग्रिन बाध्य परेका छन् । स्थानिय सरकारमा पनि अहिले विपद् व्यवस्थापन समिति रहेको भए पनि उसले धेर थोर राहत बाँडेको देखिन्छ । तर त्यो अपुग रहेको आम जनताको बुझाई छ ।

जनता पैसा जनतामा खर्च किन आनाकारी तथा तराईवासी हरेक बर्ष चिसो र सितलहर पक्का हुने कुरा ह्ुँदा हुँदै तयारीमा निकै सधै सरकारी निकाय उदासिन हुँदै आएको छ भन्ने प्रश्न उब्जिएको छ । बजेट हुँदा हुँदै पनि समयमा योजनाहरु नबनाउँदै यस बर्ष पर्सामा जनतालाई न्यानो प्रदान गर्न चौक चौकमा बालिदै आएको आगो पनि बाल्न नसकिएकोमा पर्सेली जनताहरु सरकारी रवैयाको निन्दा गरेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले समेत यो कुरा हल्का रुपमा लिएको भान हुन्छ ।

जाडोबाट कोहि कसैको ज्यान गए कसले त्यसको जिम्मेवारी लिने हो भन्ने प्रश्न सबै सामु छ । त्यसकारण जनताको सेवाका लागि बसेको सरकारी अधिकारी तथा जनप्रतिनिधिहरु यो बिषयमा गम्भीर हुन जरुरी रहेको प्रष्ट देखिन्छ । नत्र भोली जनताले त्यस हिसाव किसाव खोज्ने छ, मतियारहरुको ठेगान लगाउँने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय