शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

तन्त्र होइन, तरिका बदलौं

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेको दिनदेखि तातिएको नेपाली राजनीति अहिले पनि सेलाएको छैन । प्रधानमन्त्री ओलीको कदम लक्षित विभिन्न खाले टिका टिप्पणी भइरहेको छ । हालको लागि तोकिएकै समयमा निर्वाचन हुनेमा धेरैले शंका पनि व्यक्त गरेका छन् ।

- Advertisement -

देशको राजनितिक संकट गहिरिदंै गइरहेको बेलामा प्रधानमन्त्रीको कदम विरुद्ध अदालतमा परेको रिट निवेदन उपर संवैधानिक इजलास नै बनाएर सुनवाई भइरहेको छ । अदालतले भोलि के फैसला गर्ने हो र त्यसपछिको परिस्थिति कस्तो हुने हो, त्यो हेर्न अहिले बाँकी रहेको छ । यसै बिचमा विभिन्न रानजितिक दलका नेताहरुले विभिन्न खाले टिप्पणी गरिरहेको हेर्न र सुन्न पाइएको छ । अदालतमा विचाराधिन रहेको मुद्दा उपर हतार–हतारमा नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् । जनतालाई मुद्दा सम्झाउदैं नेताहरुलाई फुर्सद छैन । तर यी सबै गतिविधिहरुले जनतामा भने निरासापन रहेको देखिन्छ । नेताले जुन समयमा जे भने त्यसलाई अनुसरण गर्दै जनता आन्दोलनमा होमिएर देशमा जहाँनिया राणाशासनदेखि लिएर २ सय २८ वर्ष भन्दा पुरानो रहेको शाह वंशीय राजाको शासन पनि जनताले समाप्त पारेका हुन् ।

नेपाली प्रजातन्त्रिक आन्दोलनको विभिन्न चरण हजारौंको संख्यामा आम नेपाली सर्वसाधारण जनताले ज्यान गुमाउनु पर्‍यो । त्यसैगरी, कति घाइते भए र जेल नेल जानु पर्‍यो । तर अन्तमा नेताहरु बाहेक आन्दोलनका अगुवाई गर्नेहरुलाई भने केहि पनि भएन र उनीहरु जनताको आन्दोलनको भरमा पटक–पटक सरकारमा पुगे, मन्त्री भए र विलासिता जिवन बिताए । जुन पछिल्लो पटक स्थापना भएको गणतन्त्र नेपालमा पनि जारी नै रहेको छ । नेपालमा जुन शासन आएर पनि नेपालीको जनजीविकामा जुन खाले परिवर्तन हुनु पर्ने थियो, त्यो आज पनि सकेको छैन । आज आम नेपाली जनतालाई हातमुख जोर्न समस्या छ । आधारभुत आवश्यकताहरु समेत कुनै सरकारले पुरा गर्न सकेको छैन । काम नपाएर हजारांैको संख्यामा युवाहरु दिनहुँ विदेश पलायन हुने गरेका छन् । ठूला–ठूला समना देखाएर आन्दोलनमा गोलीको निसानामा जहिले पनि नेताहरुले जनतालाई पारे । अहिले त्यही प्रयास फेरि पनि भइरहेको देखन्छि ।

- Advertisement -

आम नेपालीको जनजीविकामा ठूलो परिवर्तन आउन सकेन भने जुनसुकै सरकार र तन्त्र आएर पनि त्यसले खासै प्रभाव नपार्ने स्पष्ट भइसक्यो । विश्वको राजनीतिमा प्रयोग गरिएको सबै भन्दा उत्कृष्ट मानिएको संघीय गणतन्त्रको पनि नेपालमा प्रयोग भयो । त्यसले पनि नेपालीहरुको खासै मन जित्न सकेन । त्यसकारण तन्त्र भन्दा पनि चिन्तनको परिवर्तन हुन जरुरी रहेको देखिन्छ । बाजे उमेरमा नेता र उही राजनितिक खिचातानी नेपाली राजनीतिमा पछिल्लो पटक पनि देखिएको छ । जनतालाई प्रयोग गरी सरकारमा पुग्ने र गद्दीको लागि तँछाडमँछाडको राजनीति अहिले पनि नेपालमा हावी छ । त्यसकारण, अब यी नेताहरुले काम नचल्ने अवस्था देखा परेको छ । अब कुनै तन्त्र परिवर्तन गरिरहनु पर्ने आवश्यकता छैन । परिवर्तन अब ती नेताहरुको गर्न जरुरी छ । जसले देशमा जुन तन्त्रमा पनि तिनै नेताले रजाई गर्दै आएका छन् ।

भोलि अदालतले एक खाले निर्णय गर्ला । देशमा मतदानको माहौल बन्यो भने भोट पनि होला । तर जनताले ती मतियारहरुलाई पहिचान गर्न जरुरी छ । जसले जनतालाई केवल सत्तामा पुग्ने भ¥याङ्ग मात्र बनाए । सबै भन्दा पहिला ती नालायकहरुलाई फाल्न जरुरी भइसकेको छ । अतः कुनै नेताले भन्दैमा आन्दोलनमा लागिहाल्ने, गोली खाई हाल्ने काममा अब जनता लाग्नु हुदंैन । भोलि मतदान भए सहीको सही गलतको गलत छुट्याउन जनता जाग्न पर्छ । नेताहरुले भन्दैमा कामकाज छोडेर हतार उर्फि हाल्नु बुद्धिमानी होइन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार