दुर्घटनाको दर घटाऔं

spot_img

तराईमा अहिले चिसो चरम उत्कर्षमा छ । चिसो अझै केहि दिन सम्म लम्बिने मौसमविदहरुको भनाई छ । अरु मौसम भन्दा चिसो र कुहिरो हुस्सु लागेको बेलामा तराई क्षेत्रमा सवारी दुर्घटनाका घटनाहरु बढी हुने गरेको छ । पछिल्लो समयमा चिसो बढेसँगै तराईमा सवारी दुर्घटनामा पनि वृद्धि भएको छ । आवश्यक सावधानी नपाउँदा तथा राज्य पक्षले पनि निगरानी लगायतका आवश्यक कामहरु नगर्दा सवारी दुर्घटना बढी हुने गरेको विज्ञहरुको भनाई छ । तराईमा कुहिरोको कारण खासगरी पूर्व पश्चिम राजमार्गमा सबै भन्दा बढी सवारी दुर्घटना हुने गरेको छ । जंगली बाटो, कुहिरो हुस्सु, तिव्रगतिमा सवारी कुदाउनु ट्राफिक नियम पाहना नगर्नु, तथा ट्राफिक प्रहरी कार्यालयहरुको लापरवाहीको कारण दुर्घटनाका घटनाहरु हुने गरेको छ । पछिल्लो पटक दिनहुँ सरदरमा २ देखि ४ जनामा सम्मको दुर्घटनाका कारण तराईमा ज्यान जाने गरेको छ ।

चिसोका बेला हरेक वर्ष सवारी दुर्घटनाका घटना हुने गरेको भए पनि त्यसलाई रोक्न सरकारी स्तरमा खासै कुनै योजना बनेको देखिदंैन । अन्य बाटोहरुमा सवारी साधन चलाउँदा मापसे तथा सवारी कागजात चलाक अनुमति पत्रहरुको निगरानी हुने गरेको भए पनि तराईका बाटोहरु तथा राजमार्र्ग कहिलेकाहीं दाम उठाउनको लागि लाइसेन्स जाँच हुने गरेको भए पनि नियमित चेक जाँच अथवा अर्को कुनै सरकारी तयारी छैन । जाडोयामका बेला अत्याधिक चिसो र कुहिरोले बाटो तथा घुम्तीहरु समेत हेर्न सक्ने अवस्था नरहँदा समेत सवारी साधान चलाउने आमसर्वसधारणले लापरवाही गर्ने गरेको भनेर राज्य पक्षले तराईमा चिसोको मौसममा हुने गरेको दुर्घटना रोक्ने कुनै ठोस योजना हाल सम्म बनाएको देखिएन् । जुन आफैमा दुःखद रहेको छ । सरकारले सराकारी स्तरबाट यसबाट रोक्न कुनै ठोस योजना बनाउन सकेको खण्डमा हदसम्म दुर्घटनाका घटनाहरु रोक्न सकिन्थ्यो होला । जसको बारेमा हाल सम्म पहल भएको देखिएन ।

जनता दुर्घटनाको नाममा मरिरहँदा राज्यले टुलुटुलु हेरेर बस्नु भनेको गैरजिम्मेवारीपनाको पराकाष्ठा हो । त्यसकारण पनि तराईमा हुने गरेको दुर्घटनालाई रोक्न राज्य पक्षले चाँडो भन्दा चाँडो ठोस योजना र निति बनाउनु पर्ने देखिन्छ । दुर्घटनाले केवल एक व्यक्तिको ज्यान मात्र लिदैंन, उससँग जोडिएर रहेका उनका बालबच्चा तथा घरपरिवार समस्यामा पर्ने गरेका छन् । अभिभावक विना वर्षेनी हजारांै परिवारहरुको बिच्चली हुने गरेको छ ।

त्यसैले, सरकारले तराईमा जाडो मौसममा हुने गरेको दुर्घटनालाई सामान्य दुर्घटनाको रुपमा नहेरी आफ्नो कमी कमजोरीलाई हटाउँदै अगाडि बढनु पर्ने देखिन्छ । एउटा सही योजना, निति नियम र कार्यन्वयन पक्षको मजबुदीले दिनहुँ हुने गरेको दुर्घटनालाई रोक्न सकिन्छ । यो राज्यको जिम्मेवारी हो । राज्य आफ्नो जिम्मेवारीबाट पन्छिनु हुदैंन । राजमार्गको नजिकै पर्ने ठाउँ ठाउँ अस्पतालहरु बनाउन जरुरी देखिन्छ भने ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गर्नु पर्ने देखिन्छ । राजमार्गको बिच बिचमा फटेका बाटोहरुलाई तत्काल मर्मत गर्नु पर्ने देखिन्छ भने बिग्रिसकेका तथा मेटिसकेका ट्राफिक संकेतहरुलाई तत्काल पुनर लेख्न तथा मर्मत गर्नु पर्ने देखिन्छ । लापरवाही गर्नुे व्यक्तिहरु माथी सख्तको साथमा राज्य पेश हुने पर्ने देखिन्छ । अब जुन घटनाहरु भयो त्यसबाट पाठ सिकेर तत्काल योजना निर्माण चिसोका बेला हुने गरेको दुर्घटनाहरुलाई रोक्न काम गर्नु पर्ने टड्कारो देखिन्छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय