spot_img

नेपालगञ्ज कान्जीहाउस गाईकाण्ड: उपमहानगरपालिकाका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित एक दर्जनलाई सजाय

उपमहानगरपालिकाले प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई बचाउन खोज्दा स्थानीय आक्रोशीत

spot_img
spot_img

नेपालगञ्ज । सुर्खेत जिल्ला अदालतले ‘गाईकाण्ड’मा एक दर्जन व्यक्तिलाई सजाय सुनाएको छ भने आधा दर्जनले सफाई पाएका छन् ।

नेपालगञ्जको कान्जीहाउसमा रहेका गाई, गोरु, बाछाबाछीलाई दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगलमा बेवारिसे छोड्दा ३६ वटाको मृत्यु भएको सम्बन्धमा सुर्खेत अदालतले नेपालगञ्ज उपमहानगरपालिकाका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित एक दर्जनलाई सजाय सुनाएको छ ।

अदालतले प्रहरी निरीक्षक बोगटीलाई एक वर्ष ६ महिना कैद र प्रहरी सहायक निरीक्षक विकास गौतमलाई एक वर्ष कैदको फैसला सुनाएको छ । कमल बयक, सुवर्ण तरामीमगर, सुशान्त शाही, चन्द्रबहादुर रानालाई ६ महिना, पवनकुमार कनोजियालाई ५ महिना, धर्मेन्द्र नेपाली र राकेश भारतीलाई तीन÷तीन महिना कैद आदेश भएको छ ।

अदालतले संतृप्त श्रेष्ठ, शत्रुधन चौधरी, अमृत चौधरी, हिमबहादुर जिसी, दामोदर केसी, सागर विश्वकर्मालाई सफाई दिएको छ ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाले यो घटना दुर्घटनाबस भएकाले कैद सजाय तोकिएका आफ्ना कर्मचारीको पक्षबाट उच्च अदालतमा जाने बताएको छ । तर स्थानीय भने उपमहानगरपालिकाले प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई तत्कालै बर्खाश्त नागरी बचाउन खोज्नु र गाई मर्ने जस्तो सांस्कृतिक र राष्ट्रिय अपरधीको पक्ष लीदा स्थानीयले आक्रोश पोख्दै बोगटीलाई तुरुन्तै बर्खाश्त गर्नुपर्ने मग गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय