बाँके, २० माघ । ज्ञानेन्द्र शाहीले सुदुरपश्चिम प्रदेश स्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि गरेको दुव्यर्वहारको देशैभरि आलोचना भएको छ । निकै संवेदनशिल क्षेत्र मानिएको अस्पताल परिसरमा प्रवेश गरि काम गरिरहेका स्वास्थयकर्मीहरु उपर शाहीले हातपातसहित दुव्यर्वहार गरेका हुन् ।
सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि दुव्र्यवहार गरेको भेरी अस्पतालले बताएको छ ।
एक्कासी नर्सहरू रहेको नर्सिङ युनिटमा पसेका शाही र उनको समूहका सदस्यले बिरामीको उपचार र सेवा गरिरहेका विवाद गरेका थिए । विवाद साम्य पार्न पुगेको अस्पतालका डा. विपीन आचार्य उपर शाही समुहका सदस्यले हातपात गरेका थिए । आफ्नो वार्डको नर्ससँग विवाद भइरहेको देखेपछि डा. आचार्य मामिलाको सहजीकरण गर्न पुगेका थिए ।
शाही समुहका एक जनाले डा. आचार्यको नाम ठेगाना सोधेको र त्यसपछि उनी उपर हातपात गरेको जनाइएको छ ।
उनले भने ‘नर्सहरूसँग विवाद भएपछि सहजिकरणका म गएको थिए । सहजिकरण पनि गरेको हुँ । यस क्रममा घर जुम्ला हो भनि सोधेको मात्रै थिए म माथि एक्कासी ‘जुम्ली’ भनिस भनेर हातपात गरे । कटेल्लो समातेर तानातान गरे दुव्र्यवहार गरे र जेपनि गर्ने धम्की दिए ।’ डाक्टर आचार्यका अनुसार उक्त समूहले दादागिरी मच्चाएको हो । निगरानीका क्रममा भनिएपनि यो सुनियोजित योजना जस्तै भएको छ ।
यता घटनामा आफ्नो समुह संलग्न भएका कारण घटना दबाउन शाहीले अस्पतालका मेसुलाई दबाब दिईरहेका छन् । शाहीले पछिल्लो समय अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई उक्त घटनामा संलग्न व्यक्ति र समुह आफनो भएको हुँदा घटनालाई अघि नबढाउन दबाब दिइरहेको खुलेको छ ।
कोरोनाकालमा बिरामीहरुको उपचारमा भेरी अस्पतालले अग्रणी भुमिका निर्वाह गरेको थियो । सुदुरपश्चिम प्रदेशका अधिकांश जिल्लाका बिरामीहरुलाई यस अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।




