spot_img

त्रिविको ट्रान्सक्रिप्ट अब अनलाइन मात्र, साउन १ देखि भौतिक आवेदन बन्द

spot_img
spot_img

काठमाडौँ,०१ असार । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विभिन्न कार्यक्रमका ट्रान्सक्रिप्ट आवेदन अब पूर्ण रूपमा अनलाइनमार्फत मात्र लिने भएको छ। आगामी साउन १ गतेदेखि भौतिक रूपमा आवेदन बुझ्ने व्यवस्था हटाइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलका अनुसार साउन १ गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइट www.exam.tu.edu.np मा गएर ‘स्टुडेन्ट पोर्टल’ मार्फत आफ्नो विवरण भरी आवेदन दिन सक्नेछन्। आवेदन दिँदा विद्यार्थीले आफ्नो रजिष्ट्रेसन कार्डमा भए बमोजिमको विवरण दुरुस्त भर्नुपर्ने र अनलाइन प्रणालीबाटै तोकिएको शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार बीए, बीएड, बीएस्सी र बीबीएस चार वर्षे स्नातक कार्यक्रमका ट्रान्सक्रिप्टका लागि अबदेखि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्नेछ। यसका लागि विद्यार्थीले विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत “स्टुडेन्ट पोर्टल” प्रयोग गरी आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ।

त्रिविले अनलाइन प्रणालीलाई सहज बनाउन वेबसाइटमा प्रयोगकर्ता निर्देशिका (म्यानुअल) उपलब्ध गराएको छ। साथै, प्रविधिमा समस्या हुने विद्यार्थीहरूका लागि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा सहायता कक्ष (हेल्प डेस्क) पनि स्थापना गरिएको छ।

कार्यालयले आवेदन गर्दा गलत विवरण भरेमा युजर आईडी नबन्ने भएकाले सावधानीपूर्वक विवरण भर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय