शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

यो नाटक नै हो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

संसद विघटन गरेर देशलाई ओलीले प्रतिगमनतर्फ धकेलेको भन्दै प्रचण्ड माधव समुह सडकमा छन् ।
लोकतन्त्रमा सबभन्दा शक्तिशाली भनेकै जनता हुन् । लोकतन्त्र, जनताका लागि, जनताद्धारा र जनताकै हुन्छ । लोकतान्त्रिक मुलुकमा आफ्नो नेता चयन गर्न पाउने अधिकार जनतासँग हुन्छ । जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले संसदमा जनताकै आवाजलाई प्रतिनिधित्व गर्छन् । जनताका मुद्दालाई राष्ट्रियकरण गर्न संसद एक बेजोड माध्यम हो ।

- Advertisement -

तर, जनताबाट निर्वाचित नभएका एक प्रधानमन्त्रीले जननिर्वाचित संसदको हत्या गरिदिएपछि देशमा लोकतन्त्र र विधीको शासन कायम छ, भन्न सकिन्न । लामो समयसम्मको संघर्षबाट प्राप्त लोकतन्त्रको उपहास गर्दै ओलीले संसद विघटन गरे । उनले जनतमतको अनादर गर्दै संविधानमा हुँदै नभएको अधिकारको प्रयोग गर्दै संसदलाई सखाप पारे । सरकारको काम कारवाही बारे संसद प्रति जबाफदेही हुनु नपरोस् भन्नका लागि पनि उनले संसद विघटन गरेको हुनसक्छन् ।

बल्ल बल्ल प्राप्त स्थायित्वलाई संस्थागत गर्नुको साटो विधी तथा व्यवस्थालाई पुनः आक्रान्त बनाउनु ओलीको चरम अहमको प्रतिफल हो । पार्टी भित्रकै नेताले राष्ट्रपति र प्रधानमन्त्रीलाई महा अभियोग लगाउने तयारी गरेको सुनेर संसद विघटन गरेको ओली र उनका कार्यकर्ताहरुको भनाई छ । सुनेर, सपना देखेर, देशको प्रमुख अंगहरुमध्ये एकलाई भंग गरिदिने ? जबाफदेही नहुने र जबाफ खोज्ने माध्यमलाई तहसनहस पारिदिने ? कम्युनिष्ट विचारधारा यही हो ?

- Advertisement -

प्रचण्ड माधव समुहले सडकमा आएर हाल ओलीको कदमको चरम विरोध गरिरहेका छन् । विरोध स्वाभाविक पनि छ । तर, विरोधको बहानामा जनतालाई दुःख र सास्ती कोही कसैबाट हुनु हुँदैन ।आज बन्दको अवज्ञा गरेको भन्दै जनता लेखेट्ने कार्यकर्ताहरु भोली त्यही जनताको दरबारमा शिर निहुर्याएर भोट माग्न जानुपर्ला । आज सडकमा संघर्ष गरेर बन्दको पालना गराउन हिँड्ने यस्ता नेता कार्यकर्ताहरु भोली आफुलाई सिंहदरबार पुर्यादेऊ भन्दै जनता गुहार्नुपर्ला । आज जनतालाई पिडा दिनेहरुलाई भोली जनताले पनि आफ्नो दैलोबाट लखेट्दैनन्, भन्न सकिन्न । जस्तोलाई त्यस्तै हुनुपर्यो नि ।

बन्दको नाममा ट्याक्सी जलाइयो, बुढी आमाले बोकेको तरकारी फ्याँकीयो, सडक अवरुद्ध पार्न खोजीयो, शिक्षण संस्था ठप्प पारियो । आखिर यस्ता गतिविधी गरि हिँड्नेहरुले आफुलाई लोकतन्त्रको पहरेदार भन्ने हिम्मत कसरी गरे होलान् ? लोकतन्त्रमा गरिखान नदिने, पढ्न नदिनेहरुले लोकतन्त्रको रक्षा कसरी गर्लान् त ? चुनावका बेला अब जल्दैन बीरगन्ज, अब बल्दैन बीरगन्ज भन्ने तथाकथित युवाहरुको नेताले हिजो आफैँ बीरगन्ज बन्द गराईरहँदा, उनलाई अलिक लज्जा महशुस भयो की भएन ? तीनलाई अब विश्वास गर्ने आधार बाँकी रह्यो त ?

विरोध र आमसभाका नाउँमा जनताको दैनिकीमा कुनै असर पर्नुहुँदैन भन्ने हेक्का सबै नेताहरुले राख्न आवश्यक छ । लोकतन्त्रमा नेतृत्व होईन, जनता सर्वशक्तिशाली हुन्छन् । नारायणहिटी अगाडी आमसभा गरेर केही फाईदा हुँदैन, जबसम्म जनता सन्तुष्ट हुँदैनन् । आमसभा गरेर एकअर्काको समूहलाई गिज्याईरह्नु राजनीतिक संस्कार हो र ?

एकअर्काको विरोध गर्दैमा जनताले पत्याईहाल्नुपर्ने अवस्था पनि छैन । देशको यो अवस्थाको जिम्मा कसैले नलिए, अब जनताले नै लिनुपर्छ । एकले संसद ठप्प पारे, अर्कोले सडक । यो नाटक नै हो, यो नौटंकी नै हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार