spot_img

पदम गौतमकाे ‘विश्रामपुर’

spot_img
spot_img

बीरगन्ज, ८ फागुन । पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको ‘विश्रामपुर’ पहिलो उपन्यास हो ।

यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल संग्रह प्रकाशित छन् ।

उपन्यास लेखिनुको पृष्टभूमिका बारेमा लेखक भन्छन् ‘यो उपन्यासको भावभूमि र मुख्य विषय तीन-चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो । मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरेँ धेरै पटक । पात्र र गाउँ काल्पनिक भए पनि सपना उही हुन्, मान्छेका कथा उही हुन् ।’

सांग्रीला बुक्सले प्रकाशन गरेको ‘विश्रामपुर’ उपन्यास २७२ पृष्ठको छ र यसको मूल्य ४८४ रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय