तस्करी फस्टाउनुमा प्रहरीकै संरक्षण मुख्य कारण

spot_img

गत माघ ३० गते भारतीय तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको घटना सर्वविदितै छ । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन् गरिरहेको काम रोक्न खोज्दा तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । पर्सा जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका थिए ।

पर्सामा प्रहरी र तस्करबीच भएको झडपको यो पहिलो समाचार भने होइन । यसअघि पनि जिल्ला विभिन्न नाका तथा विभिन्न ठाँउमा तस्कर र प्रहरीबीच झडप भएको खबर सार्वजनिक भएकै हुन् ।

यसअघि गत मंसिरमा पनि बीरगन्जस्थित नेपाल भारत सीमा नजिकै तस्कर र प्रहरी बीच झडप भएको थियो । झडपमा पनि तस्करको आक्रमणमा पनि प्रहरी चौकीका इन्चार्जको नाकमा गहिरो चोट नै लागेको थियो । त्यसबेला प्रहरीमाथि आक्रमण गर्ने दुई तस्कर पक्राउ परेका थिए भने अन्य भने भाग्न सफल भएका थिए । जिल्ला प्रहरी कार्यालयबाट थप बल नगएको भए तस्करहरुले प्रहरीलाई सिध्याउने थिए ।

प्रहरी तस्करबीच धनुषामा मात्रै होइन् प्रदेश २ का अधिकांश जिल्लामा बेलाबेला झडपको खबर बाहिर आउने गरेको छ । प्रहरीले तस्करीको सामान बरामद गरेपनि तस्कर पक्राउ गरेको बिरलै सुनिन्छ । पछिल्लो समय तस्करहरूको बढ्दै गरेको जालोसामू प्रहरी निरीह प्रायः बनेको छ । केही मात्रामा तस्करीको सामान बरामद भएको सूचना प्रहरीले दिनुहँ सार्वजनिक गरिरहेको हुन्छ तर तस्करी घट्नुको सट्टा उल्टो बढिरहेको देखिन्छ । तस्करहरूको मनोबलमा पनि खासै कमी आएको छैन ।

भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि नेपालबाट मदिरा तस्करी हुँदै आइरहेको छ । अहिले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएपछि पेट्रोल, डिजल र मट्टीतेलको तस्करी मौलाएको छ । यसैगरी, नेपाली बजारबाट मटर, मरिचलगायतका समानहरू भारततर्फ तस्करी भइरहेको छ भने पारी बजारबाट खाद्यान्न सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स लगायतका समान तस्करहरू भन्सार छलेर यता ल्याउने गरेका छन् । उपलब्ध जनशक्ति परिचालन गरेर तस्करी रोक्न सक्दो प्रयास गरे पनि पूर्ण रुपमा सरोकारवाला निकाय असफल साबित भईरहेका छन् ।

तस्करी फस्टाउनुमा प्रहरीकै संरक्षण मुख्य कारण देखिएको छ । प्रहरीले तस्करहरूसँग महिनाबारी पैसा उठाउन थालेपछि उनीहरूको मनोबल बढ्को हो । प्रहरीकै सेटिङ्गबिना तस्करी असम्भव प्रायः हुन्छ । प्रहरीसँगको सेटिङ्ग नमिलेको अवस्थामा मात्रै सामान नियन्त्रणमा पर्ने गरेको र सेटिङ्ग नमिलेको अवस्थामा मात्र बरामद भएका सामान प्रहरीले सार्वजनिक गर्ने गरेको आम मानिसको बुझाई छ । प्रहरीले तस्करहरूसँग महिनाबारी पैसा असुल नगर्ने हो भने तस्करी शुन्य बराबर हुनेमा दुई मत छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय