बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
17.1 C
Kathmandu
24.3 C
Birgunj

चितवनमा हात्ती मर्न थालेपछि यहाँका ११६ वटा हात्तीको स्वास्थ्य परीक्षण सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवनमा हात्ती मर्न थालेपछि यहाँका ११६ वटा हात्तीको स्वास्थ्य परीक्षण सुरु भएको छ । प्राकृतिक र रोगको कारण चालू आर्थिक वर्षमा पाँचवटा हात्ती मरेपछि समस्या पत्ता लगाउन स्वास्थ्य परीक्षण सुरु गरिएको हो । सरकारी र निजी गरी ११६ वटा हात्तीको स्वास्थ्य परीक्षण गरेर अवस्था पत्ता लगाउने प्रयास भएको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक विजय श्रेष्ठले जानकारी दिए ।

- Advertisement -

तीनवटा हात्ती वृद्ध भएर मृत्यु भएको र बाँकी हात्तीको मृत्युको कारण अझै पत्ता नलागेकाले श्रेष्ठले जानकारी लिए । निकुञ्जका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोस्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोस्टको शङ्करप्रसाद नाम गरेका हात्ती मरेका छन् । तत्पश्चात चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले संयुक्त रूपमा दुई हप्ते उपचार शिविर सुरु गरेको हो ।

शविर सञ्चालन भएको पहिलो दिन प्रजनन केन्द्रमा रहेका ११ वटा माउ र नौवटा छावाको उपचार सुरु गरिएको पशु चिकित्सक अमिर सडौलाले जानकारी दिए । हात्तीलाई जुकाको औषधि, खुट्टाको नङ काट्ने, रगत परीक्षण गरिने उनले बताए । निकुञ्जका सबै पोस्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गरिने छ । अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि हात्तीको स्वास्थ्य जाँच सुरु गरिएको हो ।

- Advertisement -

हाल निकुञ्जमा ५६ वटा हात्ती रहेका छन् । छवटा कोसीटप्पु वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्छन् । त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालिमपछि काममा पठाउने गरिन्छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार