यस्ताे छ आज सुनचाँदीको भाउ ?

spot_img

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० ले वृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच सोमबार चाँदी मूल्य पनि वृद्धि भएको छ । आइतबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय