आज बढ्यो सुनको मूल्य

spot_img

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य पनि बढेको छ । बुधबार सुनको मूल्य तोलामा ८६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । बुधबार पनि सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ३५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२७० मा कारोबार भएकोमा आज बढेर १२८५ पुगेको महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय