शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

हिंसाको बाटो गलत छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

आईतबार प्रदेश २ को सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट भयो । दिउँसो एक बजेतिर बम विस्फोट भयो । बम बिस्फोटबाट परेर आठ जना घाइते भएका छन् । केही गम्भीर घाइते पनि भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो । विस्फोट स्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ र उसले घटनाको मोर्चाले जिम्मा पनि लिएको छ । यो समूहको हिंसात्मक गतिविधि लामो समयदेखि बन्द थियो । तर तराई मधेशमा हिंसात्मक गतिविधि गर्दै आएको गोइत नेतृत्वको मोर्चाले फेरि हिंसात्मक गतिविधि गरेको छ । यसले गर्दा प्रदेश २ का जनता फेरि सशंकित बनेका छन् ।

- Advertisement -

राजनीतिको मुलधारबाट बाहिर रहेका सिके राउतसँग एक वर्ष अगाडि सरकारले वार्ता गरी शान्तिपूर्ण राजनीतिमा ल्याएको थियो । राउतसँग सरकारले शान्ति वार्ता गरेर तराई मधेशमा शान्तिपूर्ण राजनीतिको अपेक्षा गरिएको थियो । केही दिन अगाडि सशस्त्र गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि सरकारसँग वार्ता भएसँगै शान्तिपूर्ण राजनीतिमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब मुलुकमा शान्तिपूर्ण राजनीति शुरु हुने घोषणा नै गर्दै आएका छन् । राउत पछि विप्लवसँग वार्ता भएपछि मुलुकमा शान्तिपूर्ण राजनीतिको आम अपेक्षा पनि थियो । अलग धारका पृथकतावादीहरु मुलधारमा आएसँगै देशमा शान्ति स्थायी हुने आशा थियो तर, आइतवार एकाएक वर्षौ देखि गतिविधिमा नदेखिएका गोइत समूहले भय सिर्जना गर्नेगरी बम बिस्फोट गराएका छन् ।

इतिहासको पाना पल्टाउने हो भने, नेपालमा पछिल्लो समय हिंसात्मक राजनीतिको नेतृत्व र शुरुवाता माओवादीले गरेको हो । २०६४ मै माओवादी शान्तिपूर्ण राजनीतिमा आएको थियो । तर तराई मधेश लगायतमा स–साना समूहले हिंसात्मक गतिविधि गर्दै आएका थिए । विप्लव नेतृत्वको पार्टीले गरेको गतिविधिमा १५ जनाको मृत्यु भएको थियो । तर, माओवादी होस् अथवा सिके राउत र विप्लवले सच्याएको राजनीतिक बाटो फेरि गोइतबाट निरन्तरता दिइनु गलत हुनेछ । किनभने, नेपालमा हिंसात्मक गतिविधिबाट नेपाली जनताको मन जित्न सकिदैन भन्ने प्रमाणित भइसकेको छ ।

- Advertisement -

शुरुमा हिंसात्मक गतिविधि गरेका नेपाली काँग्रेस र नेकपा एमाले पनि शान्तिपूर्ण राजनीतिको माध्यमबाटै राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । माओवादी पनि त्यही बाटो हिडेको छ । फेरि, त्यही असफल बाटो हिड्नु राजनैतिक संगठनकै निम्ति पनि असफल प्रयास थियो । अझ केही सानो स्वार्थका लागि हिंसात्मक गतिविधि गर्नु निन्दनीय हो । वर्तमान संविधानले कसैलाई निषेध नगर्ने भएकाले शान्तिपूण गतिविधिका लागि सबैलाई ढोका खुला छ । तर, हिंसा बर्जित छ । हिंसा निन्दनीय र गलत हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार