spot_img

बीरगन्जमा २० महिलालाई सिलाई–कटाई तालिमपछि मेसिन र प्रमाणपत्र वितरण

spot_img
spot_img

बीरगन्ज,०१ असार । “सिप सिकौँ, रोजगार बनौँ” भन्ने नारासहित सञ्चालन गरिएको एक महिने सिलाई–कटाई तालिम सम्पन्न भएको छ। तालिमको समापनसँगै सहभागी २० जना महिलालाई सिलाई मेसिन र प्रमाणपत्र वितरण गरिएको छ।

तालिम युवा सङ्घ नेपाल को आयोजनामा तथा बीरगन्ज महानगरपालिका–९ को सहयोगमा सञ्चालन गरिएको हो। समापन समारोहमा सहभागी महिलाहरूलाई मेसिन वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।कार्यक्रमको सभापतित्व युवा सङ्घ नेपालकी उपाध्यक्ष सोनाली साव ले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष गुप्ताले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागी महिलालाई आग्रह गरे। उनले सीपमूलक तालिमलाई केवल औपचारिकतामा सीमित नगरी घरमै रोजगारी र आयआर्जनको अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

उनले वडाले बेरोजगारी न्यूनीकरणका लागि सिलाई–कटाईसँगै ब्युटिसियन, कम्प्युटर तथा लोकसेवा तयारी कक्षाजस्ता विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी पनि दिए।

समापन कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव, नेपाल महिला विकास सङ्घका प्रतिनिधि तथा प्रशिक्षकहरूको उपस्थिति रहेको थियो।

तालिममा वडा नम्बर ९ का २० जना महिलाको सहभागिता रहेको थियो। सहभागी सबैलाई सिलाई–कटाई मेसिन र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय