बीरगन्ज,१५ चैत । बीरगन्जका ३ जना न्युरो सर्जन डाक्टरहरुको समूहले गम्भीर प्रकृतिको न्युरो सर्जरी गरेका छन् । बीरगन्जमा हाल सम्म न्यूरो ट्रोमा मात्र हुदै आएकोमा डाक्टरहरुको समूहले एनियूरीजमको सफल सलक्रिया गरेका छन् । यो अप्रेशनलाई मेडिकल भाषामा क्लिपिङ्ग अफ एनिरीजम भनिन्छ । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं. २ निवासी हजमिनिया दरवार निवासी शेष जलिलका श्रीमती श्यामदिया खातुनको टाउँको नशा फुलेर फुटेपछि बीरगन्जको भवानी अस्पतालमा भर्नामा भएकि थिइन् ।
के हाे एन्यूरिज्म ?

याे एउटा गम्भीर प्रकृतिकाे दिमागकाे (ब्रेनकाे) नसामा हुने राेग हाे । एन्यूरिज्ममा दिमागकाे नसा फुटेर रगत बग्ने गर्दछ जस्का कारणा बीरामीलाइ पहिला एक्दमै जाेडले टाउकाे दुख्ने र बिस्तारै बेहोश हुँदै जाने र ब्रेन हेमरेज हुने गर्दछ, जस्काे सर्जरी नीकै कठिन हुने गर्दछ ।

खातुनको बीरगन्जका न्युरो सर्जन डा. बिपिन चौरसिया,डा. सफरोज अंसारी तथा डा. रंजित कुमार चौरसियाको टिमले बीरगन्ज स्थित नेशनल मेडिकल कलेजको अप्रेशन थिऐटर सफल सर्जरी गरेका थिए । हाल बिरामी खातुनको अवस्था निकै राम्रो रहेको तथा कुनै किसिमको समस्या नभएको परिवारिक स्रोतले जनाएको छ ।

गम्भीर प्रकृतिका ब्रेन सर्जरीमा सहभागी रहेका डाक्टरहरुले बीरगन्जको भवानी हस्पिटलमा पत्रकार सम्मेलनको आयोजना गरी बीरगन्जमै मस्तिकसको नाशा फुटेको बिरामीको अप्रेशन तथा सफल उपचारको बिषयमा जानकारी दिएका छन् । अप्रेशनमा सहभागी डा. बिपिन चौरसियाले कम खर्चमै बीरगन्जमै आधुनिक प्रबिधिकाबाट उपचार गर्न सम्भव रहेको वताए । उनले यस्तो बिरामीलाई काठमाण्डौ अथवा बाहिर पठाउँदा रिक्स हुने गरेको तथा बाटोमै मृत्यु हुने गरेको अनुभव हामीलाई रहेको वताए ।
अप्रेशनमा सहभागी डाक्टर सफरोज अंसारीले बीरगन्जमै हाल सम्म नभएको अप्रेशन हाम्रो टिमले माइक्रो एस्कोपको मदतबाट गर्न सफल भएको बताए । अर्काका डा.रंजितकुमार चौरसियाले तराईवासीहरुमा जानकारीका अभावका कारण अहिले सम्म बाहर अथवा बिदेशमै लगेर ब्रन सम्बन्धि उपचार गराउँने परिपाटी रहेको पत्रकार सम्मेलनमा बताए । डा. चौरसियाले हामीले गरेको अप्रेशन बीरगन्जमा अहिले सम्म कसै नगरेको भए पनि यो सफलतासँगै अब सम्भव रहेको प्रष्ट भएको दावी गरे ।
डा. चौरसियाले बीरगन्जमै आधुनिक स्थरको अप्रेशन थिऐटर देखि आवश्यक मेसिन तथा माइक्रो स्कोपहरु पनि उपलब्ध रहेको बताए । बाहिरका अस्पतालहरुमा प्रदान गरिने सेवा र बीरगन्जमा हामीले प्रदान गर्ने सेवामा खासै फरक नरहेको उनले पत्रकार सम्मेलनमा बताए ।
तर खर्चमा बाहिर अलि महगो रहेको तथा बीरगन्जमा हामीले कम शुल्कमै उच्च स्थरीय सेवा दिने प्रयास गरेको बताए । पत्रकार सम्मेलनमा उपचार पछि हाल बिरामीको अवस्था निकै राम्रो रहेको बताउँदै उपचारमा समलग्न रहेको चिकित्सकहरुलाई खातुनका श्रीमान शेष जलिलले अभार व्यक्त गरे ।

