सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

नव बर्षमा सुख, शान्ति र समृधि छाओस्

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२०७७ साल सकिएर नयाँ बर्ष २०७८ आज देखि शुरु भएको छ । २०७७ सालमा जे जस्तो भए पनि नव बर्षले जीवनमा नयाँ बिहानी र उमंग लिएर आओस भन्दै चारै तिर नयाँ बर्षको स्वागतमा बिभिन्न कार्यक्रम भइरहेका छन् । नव बर्षको स्वागतमा बिभिन्न कार्यक्रमहरु भइरहदा नेपालीहरु माझ सबै भन्दा लोकप्रिय रहेको बनभोज कार्यक्रमहरु नहुने कुरै भएन् ।

- Advertisement -

नव बर्षको अवसरमा बनभोज कार्यक्रमहरु पनि जोडतोडका साथ भएका छन् । २०७७ साल नेपाली राजनितिक तथा नेपाली जनताहरुको लागि पनि खासै राम्रो नरहे पनि २०७८ सालमा सबै बाधाअडचन समाप्त हुने अनुमान गरिएको छ । खास गरी कोरोना तथा नेपाली राजनितिकमा देखिएको प्रतिगमनकारी शक्तिहरुको दम्मका कारण नेपाली जनताले २०७७ को अन्त सम्म पनि खासै खुशीको अनुभुती गर्न सकेन् ।

- Advertisement -

विश्वमा देखिएको वैश्विक कोरोना माहामारीका कारण,नेताहरुको काम कारवाही तथा सत्ताधारी दलको बिचमा देखिएको बिवाद र चिक्ताले पनि नेपालीहरुलाई दुःखी बनाउँने काम ग¥र्यो । बसन्त ऋतुको आगमसँगै नयाँ बर्षको पनि शुभारम्भ भएको छ । यो बर्षले नोपलीको जीवनमा नयाँ आयम तथा सुख शान्ति र समृधि घर–घरमा प्रवेश गरोस भन्ने सबैको चाहना रहेको छ । भोली के हुने हो कसैले नहेको भए पनि बर्तमानमा रमाउँने नेपालीहरु नयाँ बर्षलाई धुमधामका साथ स्वागत गरी रहेका छन् ।

कोरोनामा स्वास्थ्य सवधानी अपनाउँनु पर्ने सरकारी फरमानका बिच पनि देशका सबै पर्यटकीय स्थल तथा पिकनिक स्पोर्टहरुका नयाँ बर्ष मनाउँनका लागि चहल पहल एक दिन अघि देखि नै शुरु भएको छ । नयाँ बर्षमा नेपालीहरुले कोरोनाबाट मुक्ति चाहेका छन् भने देशमा देखिएको राजनितिक संकटको अन्त पनि चाहेका छन् । बितको बर्ष २०७७ नेपाली राजनीतिमा अन्यौलको अवस्था छाडेर आज बिदा भइसकेको छ ।

राजनीतिक रूपमा २०७७ सालमा नेपालमा अनपेक्षित घटनाहरू भए । तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएर एकीकृत भएका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरणअघिकै अवस्थामा फर्केका छन् । एकीकरणबाट बनेको नेकपा भङ्ग भएको छ । नेकपा एमाले विभाजनको अवस्थामा छ ।

प्रतिनिधिसभा विघटन र पुनर्स्थापनाको घटना पनि २०७७ मै भयो । यसै वर्ष मधेशकेन्द्रित दुई दल दल एकीकृत भएर एउटै दल जनता समाजवादी पार्टी (जसपा) बन्यो । भूमिगत बसेर फाटफुट हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग तीन बुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आयो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस २०७७ साल हुने भनिएको महाधिवेशन गर्न असफल भयो ।

देश लामो समय सम्म अनिर्णयको बन्दी रहयो । समग्रमा नेपालको राजनीति सत्तारूढ दलकै वरिपरि घुमि रहेको छ । राजनितिक अस्थिताले देशले विकासले फड्को मार्न नसक्ने पक्का रहेको छ । ओली सरकारले जनताको काम सही तरिकाले नगरेको,मंहगी बढाएको कोरोना नियन्त्रणमा गर्न असफल भएको,औषधी खरिद प्रक्रियामा व्यापाक भ्रष्टाचार गरेको,जनतालाई रहात दिन नसकेको, राष्ट्रिय महत्वका योजनाहरुको काम सही ढङ्गले अगाडी नबढाएको तथा सरकारले आफ्नो नैतिकता गुमाएको लगायतको धेरै आरोपहरु खेपी रहेको छ ।

नेपाली काग्रेस तथा मधेशवादी लगायतका दल तथा हालै नेकपाबाट पुनः माओवादी केन्द्र बनेको दल माथी पनि जनता खिनएकै छ । समग्रमा भन्ने हो भन्ने नेपाली राजनिति तथा नेताहरुको कार्यशैलीबाट जनता निकै दुःखी रहेको अवस्था छ । तर यसको बिचमा पनि नेपाली जनता नव बर्षको आगमनसँगै सुनौली बिहानीको पर्खाइमा रहेका छन् । नयाँ बर्ष २०७८ मा नेताहरुले जनताको मन जित्न सकुन् । देशमा देखिएको राजनितिक संकट अन्तय होस,कोरोनाले कसैलाई नछोओस तथा हरेक नेपालीको घर आँगनमा खुशयाली प्रवेश गरोस् । देशमा सुख शान्ति तथा समृधि छाओस हाम्रो तर्फबाट सबै नेपालीमा हार्दिक मंगलम्य शुभकामना ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -