spot_img

हात्तीको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु

spot_img
spot_img

काठमाडौँ । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक किसानको मृत्यु भएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कंकालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको हो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रेखदेख गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय