कोरोनाको महामारीवाट संसार नै आक्रान्त छ । छिमेकी भारतको अवस्था झन् झन डरलाग्दो हुदैं गएको छ । सिमाना जोडिएको नेपालको प्रमुख प्रवेशद्वार पर्सा जिल्लाबासी झन् झन् यसको प्रकोपमा पर्दै गएको अवस्था छ ।
ग्रामीण भेगमा पनि धेरै घरमा कोरोनाका लक्षण देखिएका शंकास्पद व्यक्तिहरु देखिएको छन् । बीरगन्जका अस्पतालहरुमा पहुँच नभएका बिरामीहरुलाई भर्ना गराउन सकिने अवस्था नै छैन । केन्द्र सरकार कुर्सी जोगाउनमा मात्र केन्द्रित भएको बेला, हाम्रो प्रदेश नं.२ सरकार पनि निदाएको अवस्थामा छ ।
प्रदेश सरकारले प्रयोगमा नआउने नहुने स्थानमा अर्थात स्थानीय सरकारले प्रयोग नै गर्न नसक्ने ठाउँमा केही श्रोत साधन उपलब्ध गराईरहेको छ तर हामी सखुवाप्रसौनी गाउँपालिकाले आफ्नै साधन र स्रोतवाट अहिले १० बेडको आइसोलेसन तयार गरेका छौ । १५ बेडको तयार गर्ने प्रयासमा छौं।
हर समय अग्रपङ्तिमा रहेर जनता बचाउन लागिरहेका छांै । यस्तो ठाउँमा प्रदेश सरकारले कुनै सहयोग नै गर्न चाहदैंन । प्रयोग नहुने ठाउँमा शव वाहन दिएको छ । जसको चालकको व्यवस्था हालसम्म भएको छैन । ५ वटा एम्बुलेन्स भेन्टिलेटर जुन प्रयोगमा छैनन् । कर्मचारी लगायतका सबै थोक उपलब्ध गराइएको छ तर त्यसलाई हालसम्म प्रयोगमा ल्याइएको छैन ।
पर्सा जिल्लाको कै मध्य भागमा रहेको महुवन जहाँ न केवल सखुवाप्रसौनी गाउँपालिका; अरु धेरै वटा पालिकाहरुलाई पायक पर्ने स्थान हो । यो ठाउँमा हामीले सक्रिय रुपमा गरिरहेको प्रयासमा थप सहयोग गर्न प्रदेश सरकार किन मौन छ ?
पुराना नेताहरुको कुनियतको कारण पारसनाथ क्षेत्रलाई पछासड पार्न पहिलेदेखि भएको षडयन्त्रलाई नै यदि अहिलेको हाम्रो प्रदेश सरकारले निरन्तरता दिन चाहेको हो भने यो एरियाका हामी जनप्रतिनिधि र जनताहरु यो कुरा कदापि स्वीकार्न सक्दैनौ र मौन बस्न सक्दैनौ ।
यो कुरालाई गम्भिरतापुर्वक लिन र यो क्षेत्रको लागि तत्काल कोभिड विशेष कार्यक्रम घोषणा गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउदैं जोडदार माग गर्दछौं ।
प्रदिप जयसवाल
अध्यक्ष
सखुवाप्रसौनी गाउँपालिका, पर्सा