सोमवार, साउन १८, २०७८

26.1 C
Kathmandu
31.4 C
Birgunj

‘जनजनको आशालाई अस्तित्व प्रदान गरिरहेकी भेरी, तिमीलाई मेरो नमन!’

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुधबार भेरी अस्पतालको आकस्मिक कक्षको बार्दलीमा एक २२ वर्षिय युवक व्हील चेयरमा अचेत अवस्थामा रहेकी एक महिलाको घुँडामा शिर राखेर रोइ रहेका थिए । उनी भन्दै थिए, ‘मम्मी, उठ्नुस् न मम्मी, उठ्नुस् न’ । ती महिला उनको आमा थिइन् भन्ने प्रष्ट थियो । उनको आँखाबाट त्यसरी विलाप भइरहेका अश्रुले आसापास रहेका सबैलाई भावुक बनाएको थियो । एक २२ वर्षिय युवकलाई त्यसरी वेदनामा छट्पटीएको मैले पहिलो पटक देख्दै थिए । उनी आफु भित्र भएको सम्पुर्ण उर्जाका साथ चिच्याईरहेका थिए, ‘मम्मी उठ्नुस न’ । उनमा अझै केही आश बाँकी थियो, सायद । उनको चिच्याहट सुनेर आमा उठेर नरोँ भन्नु हुन्छहोला, भन्ने लाग्दो हो उनलाई सायद । नलाग्नु पनि किन ?

- Advertisement -

जति गहिरो निन्द्रामा भएपनि सुस्तरी बोलाउँदा व्युँझीने आमाका अगाडी तीनका सन्तान गहिरो पिडाका साथ उनलाई पुकारी रहेका थिए । तर, त्यस दिन आमा व्युँझीनु भएन । कोरोना र उनीबिचको लडाईमा कोरोना जितेको हुनुपर्छ । मृत्युसँग संघर्ष गर्दागर्दै थला पर्नुभएकी आमा त्यस दिन उठन्सक्नु भएन ।

- Advertisement -

व्ह्ील चेयरमा उनको शवलाई अँगालो हालेर अश्रुमा भिँजेका ती युवकले आफ्नी आमाको मृत्युसँगको पराजय स्विकार गर्न तयार थिएनन् । उनी आमाको शवलाई आफ्नो छात्तिसँग जोडेर एकोहोरो भनिरहेका थिए, मम्मी उठ्नुस् न । ती युवकसँगै आएका एक जना पुरुषले तीनलाई सम्हाल्न खोज्दै थिए । उनका रसाएका आँखाले उनी भित्रको गहिरो दुःखलाई पनि स्पष्ट पारिरहेको थियो । उनी युवकलाई नरोउँ बाबु भन्दै सम्हाल्ने हरसम्भव प्रयास गरिरहेका थिए । तर, सकिरहेका थिएनन् । त्यस दिन उनी आफूलाई सम्हाल्नै खोजीरहेका थिएनन्, सायद । सम्हालीनु पनि कसरी ? आमासँग बिछोड हुँदै थियो, उनको । त्यो पनि सधैसधैका लागि ।

म सम्झीन्छु, बाल्यकालमा आमाले मलाई घरमा एक्लै छोडेर काममा जाँदाको बखत । दिनको १२ घण्टा आमा बिना बिताउनु पर्दा मलाई महशुस हुने एक्लोपन, अब ती युवकले जीन्दगी भरि भोग्नुपर्नेछ ।

यी तिनै युवक हुन् जो केही बेर अघि मात्रै आफ्नी आमासँग गफ गरिरहेको मैले देखिरहेको थिए । केही बेर अघि मात्रै आमाको स्वाँस्प्रश्वास पनि ठिकै थियो । उनी छोरासँग हाँस्दै गफ गरेको देखेको थिए । उनको बेड भएको कोठाको मेरो बेड भएको सामुन्ने वाला कोठामा थियो । जहाँबाट सबै प्रष्ट देखिन्थ्यो । आमा छोराको मुहारमा स्वस्थ्य भएर फर्किने कान्ति छाएको थिए । औषधी लिन बाहिर गएकी म करिब आधा घण्टा पछि फर्किदा त्यहाँको अवस्था फरक भइसकेको थियो ।

केही बेरमै अस्पतालको व्यवस्थापन पक्षतर्फबाट आएका केही मानिसहरुले ती युवकलाई शवबाट अलग गरे । शवलाई अन्त्येष्टिका लागि लग्ने बेला भएछ । कोरोना संक्रमणका कारण मृत्यु भएकाले शवलाई प्लाष्टिमा बेरेर लैजानुपर्ने रहेछ ।
ती युवक अझै अशान्त थिए । विक्षिप्त थिए । दुई जना पुरुषले ती युवकलाई दुवै तर्फबाट समाएका थिए । उनका अघि उनकी आमाको शवलाई अस्पतालका कर्मचारीले केही बेरमै प्लाष्टिकमा बेरिदिए । वर्तमानमा उनका अघि जे भईरहेको थियो, त्यो उनका लागि साधारण पक्कै थिएन । कसैका लागि यस्तो क्षण साधार ण नहुँदो हो ।

केही बेरमा शवलाई आर्यघाट तर्फ लगियो । ती युवक पनि सँगै गए । केही बेरका लागि शान्त भयो भेरी अस्पताल ।

मृत्युसँग जुध्दा छट्पटाइरहेका कोरोना संक्रमितको चित्कार, मृत्यु सन्नाटा र शोक सहँदै उपचारमा खटिईरहेका स्वास्थ्यकर्मी । त्यस्तै, रोगमाथि विजयी प्राप्त गर्ने साहसका साथ अस्पताल प्रवेश गरिरहेका बिरामी, आँखामा आशा बोकेका बिरामी कुरुवा र सबैलाई उपचार गर्न तत्पर स्वास्थ्यकर्मीको अविछिन्न जज्बा ।

हाल आफ्नो क्षमताभन्दा कैयौँ गुणा बढी बिरामीलाई उपचार गरिरहेको भेरीले अझै बिरामी भर्ना गर्न मनाही गरेको छैन । भेरीसम्म पुग्नेले उपचार पाइरहेको, मैले देखे । यो अवस्था देख्दा लाग्छ, भेरी पश्चिम नेपालकी आमा हुन् । सिमितता र अनिश्तिताका बिच पनि सबैलाई शरण दिएकी छन्, भेरीले । स्वस्थ हुने आशा बोकेर उपचारका लागि पुग्नेहरुको आशालाई कायम राखेकी छन्, भेरीले ।

भेरीमा दैनिक सरदरमा करिब ६ जनाको संक्रमणका कारण मृत्यु भईरहेको छ । भनेको औषधी नपाउनु, ईन्जेकशनको अभाव तथा अक्सिजन लेभलमा हुने निरन्तरको बदलावका कारण बिरामीहरुको मृत्यु भईरहको छ । बाँकेसँगै पश्चिमका २२ जिल्लाहरु हाल कोरोनाको उच्च जोखिममा छन् ।

सरकारको निरन्तरको उपेक्षामा पर्दै आएको पश्चिम नेपालका जिल्लाहरुको भार भेरी अस्पतालले नबोकिदिएको भए, अवस्था के हुन्थ्यो होला ?

पहिलो लहरको लकडाउनको अन्त्य भएपछिको समयमा दोस्रो लहर थेग्न तयारी गर्नुको साटो राजनीतिक खिचातानीमा व्यस्त भएको सरकारले त्यति खेर खेलाँची नगरेको भए अहिले अवस्था नियन्त्रणमा हुन्थ्यो, सायद । राजनीतिक खिचातानीलाई पाखा लगाउँदै भेरी अस्पतालले गरेको पुर्वानुमान र त्यसपछिको पुर्वतयारीका कारणले नै होला पश्चिम नेपालका सर्वसाधारणहरुको आशा केन्द्रविन्दु बनेको छ, भेरी अस्पताल ।

भारतमा जनस्वास्थ्यका संयन्त्र बलियो पार्नुको साटो कोरोना नियन्त्रण भईसकेको गफ हान्दै हिँडीरहेका मोदीको लापरवाह र घमण्डी आवरणले भारतमा हुने दोस्रो लहरको बाछिटा नेपालमा पनि आउनसक्ने आँकलन गर्दै भेरीले पुर्वतयारी थालेको थियो ।

पहिलो लहरका बेला अस्पतालमा मात्र ६ वटा अक्सिजन बेड थिए । अहिले २ सय ५० भन्दा बढी संक्रमितलाई अक्सिजनका साथ उपचार गरिरहेको छ, भेरीले । समयमै अस्पतालले एचडियु वार्डको निर्माण नगरेको भए आज अवस्था यसभन्दा भयावह हुँदैन्थ्यो भन्नसक्ने अवस्था छैन । पोहोरसालको अनुभव र सकसका कारण भएको पुर्वतयारीले हाल भेरी अस्पताललाई एकैपटक २ सय ५० जना बिरामी जाँच्ने सरकारी अस्पताल बनाएको छ ।

काठमाण्डौको वीर तथा अन्य सरकारी अस्पतालको तुलनामा निकै न्युन जनशक्ति तथा स्रोतका बिच पनि भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य प्रणालीलाई टेको प्रदान गरिरहेको छ । भेरी अस्पतालमा हाल ६ जना मेडिकल अफिसर र ३९ नर्सले तीन सिफ्टमा संक्रमितको उपचार गरिरहेका छन् । कतिपय स्वास्थ्यकर्मीहरु स्वयम् पनि संक्रमित भएका छन् ।

सिमित स्रोतसाधनका बिच असिमित संक्रमितहरुलाई उपचार गरिरहेका भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु नेपाल भरिकै लागि ज्वलन्त प्रेरणाका स्रोत हुन् । निरन्त सरकारको उपेक्षामा पर्दै आएको पश्चिम मधेशको बाँकेमा अवस्थित भेरी अस्पतालले पुर्ननुमान र पूर्वतयारी नगरेको भए आज सरकारको लाचारिता प्रष्ट हुन्थ्यो ।

हुन त, सरकार स्वयम्ले आफु केही गर्न नसक्ने प्रष्ट पारिसकेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तीले उसको गैरजिम्मेवारीपनालाई उदांगो पारिदिएको छ ।

खैर, भेरी अस्पतालको वर्तमानको सञ्चालनले भेरीलाई प्रशंसायोग्य त बनाएकै छ साथै यहाँका स्वास्थ्यकर्मीहरुको हौसला अन्य स्थानहरुमा पनि अवलम्बन गर्न आवश्यक छ ।

तपाईले भेरी अस्पताललाई एउटा सामान्य अस्पताल देख्नुहुन्छ होला, उपचार पाउने ठाउँ देख्नुहुन्छ होला । तर, मैले भेरीलाई पश्चिम नेपालको भार थेग्ने आशाको केन्द्रविन्दुको रुपमा देखिरहेकी छु ।

हे भेरी,
वर्तमानमा जनजनको आशालाई अस्तित्व प्रदान गरिरहेकी तिमीलाई मेरो नमन ।

छिमेकी राष्ट्र भारतमा समयमै उपचार नपाएकै कारण भाइरसले ग्रस्त बनाउँदा संक्रमितहरूको ज्यान गइरहेको छ । श्मशानमा ठाउँ अभाव भएपछि संक्रमितको शव सार्वजनिक स्थान र खेतबारीमा अन्त्येष्टि गर्न थालिएको छ । अस्पतालहरूमा केही सातायता निकै हृदयविदारक दृश्य देख्नुपरिरहेको छ ।

दोस्रो लहरको कोरोना संक्रमणबाट सजग रहौँ । अहिले खेलाँची गर्नु जोखिमयुक्त छ ।

आफ्नो ख्याल गर्नुहोला ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -