मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा...

काठमाडौं,४ बैशाख अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा...

गड्डाचौकी नाका आजदेखि तीन...

महेन्द्रनगर,४ बैशाख - कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने...

डीआईजी जोशी र ढकाल...

काठमाडौं,४ बैशाख नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक ९डीआइजी० प्रहरी अतिरिक्त महानिरीक्षक...

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...
21.1 C
Kathmandu
33.8 C
Birgunj

जगरनाथपुरको चिलझपट्टी पुगेर फर्कदा….

सिफारिस

बीरगन्ज, जेष्ठ १ । समुदायमा संक्रमण फैलिएको पर्साका जगरनाथपुर गाउँपालिकाका स्थानियहरुको जनजीवन नराम्ररी प्रभावित भएको छ । घरैपिच्छे ज्वरोका बिरामी भेटिएको जगरनाथपुर गाउँपालिका वडा नं ५ को चिलझपटी टोललाई सिल गरिएपछि स्थानियहरुको विचल्ली भएको हो ।

- Advertisement -

गाउँ सिल भएको समाचार पाएपछि अन्य छिमेकी गाउँका बासिन्दाहरुले चिलझपट्टीका स्थानियहरुलाई आफ्नो गाउँमा प्रवेश निषेध गरेका छन् । अन्य गाउँमा प्रवेश गरेको थाहा हुने बित्तिकै आफुहरुलाई धपाइदिने गरेको स्थानियहरुले बताए ।

दैनिक ज्यालादारी गर्ने मजदुर तथा कृषकहरुको बाहुल्य रहेको चिलझपट्टी टोललाई सिल गरिएपछि आयआर्जनको श्रोत ठप्प भएका कारण हातमुख जोड्नै समस्या हुने अवस्थाको सृजना भएको स्थानियहरुको गुनासो छ । स्थानिय स्तरमा चिलझपट्टीका कृषकहरुले उब्जाएको तरकारीले बजार नपाउँदा कृषकहरुको आयआर्जनको श्रोत ठप्प छ ।

- Advertisement -

गाउँमा कोरोना संक्रमण फैलिएको खबर पाएपछि व्यापारीहरु आफ्नो तरकारी खरीद गर्न आउनै छोडेको स्थानिय कृषकहरुको भनाई छ । व्यापारीहरु तरकारी खरीद गर्न नआएको गुनासो पोख्दै कृषकहरुले आफै बजारमा बेच्न लगेको तरकारीसमेत अन्य गाउँका स्थानियहरुले खरीद नगर्दा आफुहरुको विचल्ली भएको बताए ।

यस गाउँबाट बेच्नका लागि ल्याइएका तरकारीबाट पनि संक्रमण फैलिने हो की ? भन्ने त्रासका कारण आफुहरुको तरकारीले बजार नपाएको कृषकहरुको गुनासो छ । महामारीको संक्रमण भन्दा पहिला महामारीले निम्त्याएको विनाशकारी प्रभावहरुबाट आफुहरुको उठिबास लाग्ने सम्भावना उच्च हुँदै गएको कृषकहरुले दुःख पोखे ।

“गाउँमा कोरोना फैलिएको सुनेपछि, व्यापारीहरु तरकारी खरीद गर्न आएका छैनन्, आफै बेच्न लगेको कसैले किनेन्”, स्थानिय कृषक विरेन्द्र साह भन्छन्, “चिलझपट्टीबाट तरकारी ल्याएको हो सुन्ने बित्तिकै, न कसैले तरकारी किन्छन्, न कसैले बेच्न दिन्छन्, लखेटिदिन्छन्।”

केही दिन अघि भिखमपुरको बजारमा तरकारी बेच्न जाँदाको पिडा साझा गर्दै कृषक साहले गाउँको नाउँ सुन्ने बित्तिकै आफुलाई बजारबाटै लखेटेको गुनासो गरे । करिब ३ कठ्ठा क्षेत्रफलको जग्गामा हरियो खुर्सानी, गोलभेँडा र करैलाको खेती गरेका उनी हाल आफ्नो उपजले बजार नपाउँदा दुःखीत छन् । चिलझपट्टीको स्थानिय विद्यालयभन्दा अलिक पर रहेको उनको खेतमा लगाइएका उपजहरु समयसँगै कुँहीन थालेका छन् ।

आफ्नै खेतको गोलभेँडा देखाउँदै उनले भने, “सबै गोलभेँडाहरु कँुहिसके, केही हप्ताअघिसम्म खेतभरि नै लटरम्म गोलभेँडा फलेका थिए, अहिले हेर्नुस् सबै लगभग ७० प्रतिशत काम नलाग्ने अवस्थाका भइसके ।”

गोलभेँडासँगैको उनको खेतमा उनले करैलाको खेती गरेका छन् । केही हप्ताअघिसम्म मात्रै आकर्षक हरिया हरिया करैलाहरु फलेको बोटमा अहिले सबै करैलाहरु कुँहिएर राता भइसके ।

“सर, कोरोनाले व्यापारै चौपट बनाईसक्यो, कसैले यहाँको तरकारी खरीद गर्न मानिरहेका छैनन्, पोहोर २० देखि २५ रुपैँया प्रतिकिलोमा विक्री भएको करैला यसपाली १० रुपैँया प्रतिकिलोमा पनि खरीद गर्न कोही तयार छैनन्”, साह भन्छन्, “यस बाहेक कुनै व्यापार छैन, कुनै सीप छैन, अब गर्ने त गर्ने के ? भोजनमा समस्या हुन थालिसक्यो।”

त्यसै गाउँका अर्का कृषक लालबाबु धानुकको व्यथा पनि उस्तै छ । करिब ५ कठ्ठा क्षेत्रफलमा लगाइएको करैलाखेती लगभग नष्ट हुने अवस्थामा पुगिसकेको उनले भने ।

“आयआर्जनको र घरपरिवारको पालनपोषण गर्ने एकमात्र श्रोत तरकारी उत्पादन र विक्रीवितरण नै हो । तर, महामारीका कारण हामीलाई अरु गाउँकाहरुले बहिष्कार जस्तै गरिरहेका छन्” धानुक भन्छन्, “जनप्रतिनिधिहरुलाई पनि मतलब छैन, मेयर आफै काठमाण्डौ तीर छन्, यस्तो बेलामा हामीलाई हेर्ने जिम्मेवारी मेयरको हो की होईन ?”

स्थानिय जनप्रतिनिधीहरुको रवैयाबाट आक्रोशित धानुकले गाउँपालिकाबाट वितरण भइरहेको औषधी सेवन गरिरहेका छन् । उनलाई केही दिनदेखि ज्वरो थियो । औषधी सेवन गरिसकेपछि ज्वरो नआएको उनले बताए । महामारीका कारण आर्थिक, सामाजिक र भावनात्मक रुपमा पनि कमजोर भएका चिलझपट्टीका स्थानियहरुका लागि जनप्रतिनिधीहरुले पनि राहतको कुनै व्यवस्था गरेको देखिएको छैन । गाउँलाई सिल गरेपछि स्थानियहरुकोे जनजीवनलाई सहज पार्न कोही जनप्रतिनिधी फर्केर पनि नआएको स्थानियहरुले गुनासो गरे ।

गाउँपालिकाको औषधी वितरण

११ जनामा एन्टिजेन र २५ जनामा पीसीआर प्रविधीबाट गरिएको परीक्षणमा एन्टिजेनबाट ७ जना र पीसीआर बाट १५ जना गरि कुल २२ कोरोना संक्रमित भेटिएको चिलझपट्टी टोलका स्थानियहरुलाई हाल होम आईसोलेसनमा राखिएको छ ।

गाउँमा घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी देखिएको र संक्रमित पनि भेटिएका कारण गाउँलाई सिल गरि औषधीहरु वितरण गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साहले बताए । होम आइसोलेसनमा रहेकाहरुलाई स्वास्थ्यमा गम्भीर समस्या देखिए बीरगन्जमा गाउँपालिकाले व्यवस्थापन गरेको २५ बेडको कोभिड अस्थायी आईसोलेसनमा पठार्इंने साहले जानकारी गराए ।

उनका अनुसार हाल होम आइसोलेसनमा राखिएका स्थानियहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । गाउँपालिकाबाट नियमित रुपमा स्थानियहरुका लागि औषधी वितरण तथा स्वास्थ्यसम्बन्धि विवरण संकलन भईरहेको साहले बताए ।

रोकिएन विवाहलगायतका सामाजिक संस्कार

निषेधाज्ञा पालना गराउन सदरमुकाम केन्द्रित भएको प्रशासनले ग्रामीण भेगमा ध्यान दिएको देखिएको छैन । ग्रामीण भेगमा विवाहलगायतका सामाजिक संस्कारहरुको आयोजन नरोकिँदा संक्रमण तीब्र गतिमा फैलिइरहेको जनस्वास्थ्यकर्मीहरुको भनाई छ ।

यस्ता सामाजिक संस्कारहरुमा सहभागि हुनेहरुले स्वास्थ्य सावधानीहरु अपनाएको पनि देखिँदैन ।

समुदायमा संक्रमण फैलिएर एउटा टोल नै सिल भएको जगरनाथपुर गाउँपालिकामा शुक्रबार मात्रै दुईवटा विवाह भएका छन् । खचाखच मानिसहरुको भिडभाडका साथ भएको विवाहमा कोरोभाइरस र त्यस विरुद्धका स्वास्थ्य सावधानीहरुको खिल्ली उडाइएको थियो ।

जगरनाथपुर प्रतिनिधी उद्धाहरण मात्र हो । पर्साको अधिकांश ग्रामीण भेगका ईलाकाहरुमा निर्वाध रुपमा मानिस भेला हुने, सामाजिक संस्कार आयोजन गर्ने क्रम जारी नै छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार