कञ्चनपुर : थप ४ कोरोना संक्रमितको मृत्यु

spot_img

कञ्चनपुरमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचारत थप चार संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ की ४९ वर्षीया महिला, भीमदत्त नगरपालिका ५ का ४५ वर्षीय पुरुष, दोधाराचाँदनी ३ की ४५ वर्षीया महिला र दोधाराचाँदनी ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको कम्प्युटर अपरेटर महिन्द्रा भट्टले बताइन् ।

अस्पतालमा थप ६ आईसीयु र ६ भेन्टिलेटरमा संक्रमित उपचारत छन् । आज जिल्लामा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय