झापा । कोरोना संक्रमणका कारण झापामा मंगलबार विहानै थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरूष रहेका छन् ।
बिर्तासिटी अस्पताल बिर्तामोडमा आज बिहान दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दमक नगरपालिका वडा नं ८ की तामाङ थरकी ६२ वर्षिया महिला र बिर्तामोड ४ की कुसवाह थरकी ४० वर्षिया महिला रहनुभएको छ । उनीहरु दुबैको उपचारका क्रममा बिहान साढे ७ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै मेचीनगर नगरपालिकाका विद्युत शाखामा कार्यरत कर्मचारी ३२ बर्षिय एक जना मेचीनगर ७ इटाभट्टाका निरौला थरका ३२ वर्षिय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज विहान मृत्यु भएको छ ।

