spot_img

नारायणी अस्पताललाई स्कटल्याण्डका नेपालीद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

spot_img
spot_img

बीरगन्ज, ०४ असार । कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले बीरगन्ज स्थित नारायणी अस्पताललाई आज ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ मार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान नारायणी अस्पताललाई हस्तान्तरण गरिएको सहयोगी संस्था स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्यालले बताउनुभयो ।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्निडेन्ट डा वीरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरिएको अर्यालले बताउनुभयो । डा.प्रधानले स्कटल्याण्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगप्रति अस्पताल निकै आभारी रहेको बताउनुभयो । कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने डा. प्रधानले बताउनुभयो ।

सो अवसरमा कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी लामिछाने, एम्बुलेन्स चालक संघका केन्द्रिय सदस्य राजु अर्याल लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय