पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६६० जनाले कोरोना भाइरसलाई जिते

spot_img

काठमाडौं,०५ असार । पछिल्लो २४ घण्टामा तीन हजार ६६० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ११ हजार ६९६ जनामा परीक्षण गर्दा २४ सय १ मा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय