17.1 C
Kathmandu
22.1 C
Birgunj

‘बालबालिका भविष्यमात्र होईन वर्तमान पनि हुन्’

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
भक्तपुर जिल्ला को सुर्य बिनायक नगरपालिका वडा नं १ सिरुटार बस्ने श्री कृष्ण थापा विगतको लामो समयदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ । बाल्यकालेदखि नै समाजसेवामा रुचि राख्ने उनी हाल समाजमा विद्यमान समस्याहरुका विरुद्ध अग्रसर हुनुहुन्छ । छोटो समयमै सामाजिक रुपमा उनी विभिन्न हितकारी कार्यहरुलाई नेतृत्व प्रदान गरिसक्नु भएको छ । हाल बालबालिकाको हकहित संरक्षणका लागि समेत अग्रसर रहनु भएका थापासँग सुनिल श्रेष्ठले गरेको कुराकानी ः
१. हजुरलाई स्वागत छ?
धन्यवाद!
२.आज भोलि के मा व्यस्त हुनुहुन्छ?
बिश्वब्यापी कोरोना महामारीको कारण बन्दाबन्दीको अवस्थामा छौं । यश विषम परिस्थितिमा घरबाटै र अत्यन्त जरुरी भएमा घर बाहिर रहेर आफ्नो दैनिकी कार्यसम्पादन गर्दैछु । साथै अनलाइनबाट हुने गरेका विभिन्न कार्यक्रममा सहभागी हुने, सामाजिक सन्जालमा संचालित विभिन्न सुचनाप्रवाहको अभियानमा आफुलाइ ब्यस्त बनाएको छु ।
३ आफुले आफुलाई कसरी चिनाउनु हुन्छ?
 आफुले आफुलाई बाल अधिकारकार्मी युवा अभियन्ताको रुपमा चिनाउन चाहन्छु ।
४. हजुर एउटा सामाजिक अभियन्ता हुँदा कस्तो अनुभव महसुस गर्नुहुन्छ?
सबभन्दा ठूलो अनुभुती भनेको आत्मसन्तुष्टिको हो । सामाजिक अभियन्ताको रुपमा काम गर्न पाउँदा त्यो अनुभुती प्राप्त हुन्छ ।
No description available.
५.यो क्षेत्रमा काम गर्न को बाट प्रेरित हुनु भयो?
 सामाहिक क्षेत्रमा काम गर्ने पहिलो प्रेरणा मेरो घरबाट मिलेको हो । त्यसपछि काम गर्ने क्रममा समाजमा रहेका जटिलता, समस्याहरु र त्यसलाई समाधान गर्न आफू पनि आफ्नो स्थानबाट लागि पर्नुपर्छ भन्ने अठोटबाट प्रेरणा मिलेको छ ।
६.बालबालिका भनेको के हो कसरी बजाउनु हुन्छ?
 बालबालिका भनेको बर्तमान हुन जस्मा यो समाज, देशको भविस्य निहित हुन्छ ।
अब कानुनी रुपमा उमेरगत हिसाबले भन्नुपर्दा चाहिँ नेपालमा बालबालिका सम्बन्धि ऎन २०७५ अनुसार १८ बर्ष मुनिका उमेरसमुहलाइ हामी बालबालिका मान्दछौ ।
७. बालअधिकार भन्नाले के बुझिन्छ?
बालअधिकार भन्नाले बालबालिकाको चौतर्फी बिकासमा आवस्यक पर्ने सम्पुर्ण नैसर्गिक अधिकार हो । बालबालिकाको बाच्न पाउने, संरक्षण पाउने,  बाल बिकास र बालसहभागिता बालअधिकारको मुख्य ४ खम्बा हुन ।
No description available.
८.बालअधिकार सम्बन्धी नेपाल सरकारले के कस्तो निति नियम निर्माण गरेको छ?
 कुनै पनि देशको मुल कानुन भनेको  देशको संविधान हो । नेपालको संविधानलाइ बालबालिकामो हिसाबले हेर्ने हो भने एउटा उत्कृष्ट दस्ताबेजको रुपमा रहेको छ  संविधानको धारा ३९ बालबालिकासम्बन्धी हकमा १० वटा उपधारामा बालबालिकाको अधिकारको कुरालाइ मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसैगरी बालबालिका सम्बन्धि एन, बालश्रम नियमित तथा निषेधित ऎन, बामैत्री स्थानिय शासन कार्यन्वय कार्यबिधी, विभिन्न रणनीतिक योजनाहरु निर्माण भएका छन ।
९.बालअधिकार महासन्धि नेपालमा कहिले देखि लागू गरिएको हो?
बालअधिकार महासन्धि १९८९ नोभेम्बर २० मा पारित भयो भने नेपालले सन १९९० सेप्टेम्बरमा १४ तारिकको दिनमा यस्मा हस्ताक्षर गरि यस्को पक्ष राष्ट्र भएको हो ।
१०.बाल अधिकार हनन के कस्ता कारबाही हुने गरेको छ?
 बालअधिकार हननका धेरै घटनाहरु आउने गरेका छन् । नेपालको कानुनमा ब्यबस्था भए बमोजिमको  सजायहरु हुने गरेको छ । कानुनले पनि बालबालिकाको अधिकारको हननको घटनालाइ संवेदनशील रुपमा लिएर थप सजाय हुने ब्यबस्थापन गरेको छ ।
११.बालबालिकाहरू दिन प्रति दिन प्रत्यक्ष वा अप्रत्यक्ष हिसांमा परेका छन् यसलाई रोकथाम गर्न के कस्ता कदमहरु चालेको छ त?
 बालबालिकाहरुको हिंसामा पर्ने कुराहरु अहिले धेरै आउने गरेका छन यो चेतना अभिबृद्धीका कारणले गर्दा भएको हो भन्नेमा सायद दुइमत नहोला । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ बालबालिकाहरू हिंसामा पर्नु एउटा पक्ष हो भने त्यसलाइ उजुरी नगर्नु आफैमा सिमित राख्नु वा मिलापत्र गर्नु अर्को पक्ष हो तसर्थ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हिंसा सहेर नबसौ उजुरी प्रक्रियामा सहभागी हुन सचेत गराउनु नै हिंसा अन्त्य गर्नको लागि गर्न सकिने एउटा कार्य हुन सक्छ भने अर्को भनेको झन्झटिलो कानुनी प्रकियाका कारण पनि घटना उजुरी हुने र पिडितले सजाय नपाउने स्थिती छ । तसर्थ कानुनी प्रक्रियालाई सहज बनाउन पहल गर्न जरुरी छ । अभिभावकहरुलाई मेरो आग्रह केहो भने बालबालिहरुसङ्ग उनीहरुको कुरा सुन्ने गरौं । उनिहरुलाइ भन्ने गरौं उनिहरुको समस्या आफुलाइ भन्ने गर भनेर अधिकाश हामिले भेटेको भनेको आफ्नो अभिवावकको डरका कारणले आफ्नो समस्या आफ्ना अभिभावकलाई नभन्ने गरेको जस्ले गर्दा बालबालिका थप जोखिम थपिएको छ ।
No description available.
१२.बालबालिका देशको कर्णधार र भविष्यको निर्मता भने  मूलनारालाई कसरी व्याख्या गर्नुहुन्छ?
बालबालिका भविष्य निर्माता हुन तर यसो भनिरहदा बर्तमान चाहिँ होइन भन्ने हिसाबले लिइनुहुदैन । बालबालिका बर्तमानका पनि हिस्सा हुन । भविश्यमा आजका बालबालिका हाम्रो देशको प्रधानमन्त्री पनी हुन, प्रधानन्यायाधीश पनि हुन, प्रहरी पनि हुन सेना, ब्यापारी पनि । तसर्थ भविष्यमा कस्तो नेतृत्व बनाउने हो त्यस अनुसार अहिले उनिहरुमाथी लगानी गरिनुपर्ने तर्फ सबैको ध्यान आकृष्ट यो भनाइले गर्छ अर्थात हामिलाइ भविष्य तर्फ समेत सचेत रही बालबालिकालाई संवेदनशील रुपमा लिन सचेत गराउछ ।
१३.बालबालिकालाई कोभिड संकट व्यवस्थापनले कुन रूपमा कामहरु गरिरहेको छ?
बिश्वब्यापी कोरोना महामारीको कारण सबै त्यसबाट प्रभावित छ्न । त्यस्मा पनि अझ बालबालिका बढी प्रभावित भएका छन भन्ने आकलन गर्न गाह्रो छैन । बालबालिका कोभिडका कारण अभिभावक गुमाएर अनाथ भएका छन । बालबालिका स्वयम् कोरोना सक्रममित र मृत्युु वर्ण गरेका छन । त्यसबाहेक अप्रत्यक्ष रुपमा उनिहरुको चौतर्फी बिकासमा प्रतिकुल असर पर्ने खालका बातावरण बनेको छ । बन्दाबन्दीको बिचमा बाल दुर्व्यवहार र अन्त्य हिंसाका घटनाहरु समेत आइरहेको छ । तसर्थ त्यसतर्फ सबै सरोकारवालाहरु एकजुट भएर काम गर्नुपर्ने छ  । केही समय अगाडी मात्र राष्टृय बाल अधिकार परिषदबाट कोभिड संकटमा रहेका बालबालिकाको संरक्षण गर्न र आवस्यक सहयोग गर्नका निम्ति एकिन गर्न ७७ वटै जिल्लामा स्वयंसेवक परिचालन गरेको छ । जस्मा म भक्तपुर जिल्लको स्वयंसेवकको रुपमा काम गरिरहेको छु । अझ पनि यश संकटमा बालबालिकाको क्षेत्रमा अझ संवेदनशील भएर काम गर्न जरुरी छ ।
No description available.
१४. अबको कति समयमा नेपालका बालबालिकाहरू बालश्रमबाट मुक्ति पाउने त?
 बालश्रममा हुने बालबालिका संख्या अझै पनि उच्च रहेको छ । नेपालले सन २०३० सम्ममा बालश्रम निवारण गर्ने लक्ष्य राखेको छ । त्यही अनुसार केही काम हरु पनि भैराखेको छ । गुरुयोजना पनि बनाएको छ । अब त्यसको कार्यन्वयन पाटो कस्तो रहन्छ भन्ने कुराले फरक पार्छ । नेपालको संविधानमा
 पनि आधारभुत तहको शिक्षा अनिवार्य गरेको छ । सबै पक्ष मिलेर सहकार्य र समन्वयमा कार्य गर्ने हो भने बालश्रम मुक्त नेपाल सम्भव छ र हुनुपर्छ किनभने बिधालय जाने उमेरमा श्रममा रहनु दुखद र गैरकानुनी कार्य हो ।
१५. समाजमा काम गदै गर्दा विभिन्न घटनाहरु आउदा हजुरको भुमिका कस्तो रहेको छ?
 विभिन्न घटनाहरु आउदा त्यसबारेमा सत्यतथ्य बुझ्ने, सरोकारवालाहरुसङ्ग समन्वय सहकार्य मार्फत कानुनी कार्वाही प्रकियामा जाने नै हो । त्योसङ्गै पिडित पक्षलाइ आवस्यक सहयोग गर्नको निमित समेत पहल गर्ने कार्य गर्दै आएको छु ।
१६. काम गदै गर्दा यो क्षेत्र छोड्न मन लागेर आएन कहिले पनि? अनि सङ सङै समाज सेवाले जिन्दगी चल्छ त?
 काम गर्ने क्रममा कहिले पनि क्षेत्र छोड्न मन लागेन । होला काम गर्ने क्रममा चुनौती आउँछ तर चुनौतीसङ्ग जुध्ने हो चुनौती समाधान गर्ने हो छोडेर भाग्ने हैन । समाजसेवा ब्यबसाय हैन तसर्थ चलेको जिन्दगीबाट केही हिस्सा सामजसेवामा समर्पण गरेको हो र यो सबैले गर्न जरुरी नि छ ।
१७.समाजमा विभिन्न घटनाहरु जो बन्द कालो कोठाभित्र लुकाएर बसेको सुन्दै आइरहेको छौ यो बाहिर न आउनुको कारण के बुझ्नुहुन्छ?
सामजको बन्द कोठा भित्र भएका घटनाहरु बाहिर न आउनुको कारण चाहिँ एउटा सचेतनाको कमि हो भने अर्को समाजको बनावट पनि हो । किनकी अझै पनि हाम्रो समाजको सबै हिसां  कानुनी प्रकिया र अपराधलाई न्याय प्रणालीमा ल्याउने कुरामा पिडितलाई सहयोग गर्ने खालको छैन यधपी यो कुरामा कमी आउदैछ जुन राम्रो हो । समाजमा पिडितको इज्जत जाने, बदनाम हुने डरका कारण पनि घटना बाहिर आउदैन जस्लाइ हामीले चिर्न जरुरी छ । दोस्रो भनेको न्याय प्रणाली बारे सचेतनाको कमी पनि हो ।।अझै पनि उजुरी दिने सोचको बिकास भएको छैन त्यस्का लागि हामिले अझै काम गर्नुपर्ने छ ।
१८.बालबालिकाको सेवामा लाग्दै गर्दा काहाली लाग्दो दृश्य अथवा घटनालाई कसरी सम्झिनु हुन्छ ?
बालबालिकाको क्षेत्रमा सकृय रुपमा लाग्दा कहिले काहीँ केही घट्नामा न्याय दिलाउन लागी पर्दा आउने धम्की, दबाब देखि आक्रोश अनि न्याय सम्पादन पछी पिडितको अनुहारको खुशीले आफुलाइ पनि अझ लागि पर्न प्रेरणा मिल्छ ।
१९. जाँदा जाँदै अन्त्यमा के भन्नुहुन्छ?
 अन्त्यमा यश कोरोना माहामारीको विषम परिस्थिमा सबैजना सुरक्षित रहनको लागि स्वास्थ मापदण्ड पालना गर्न अनुरोध गर्दछु । मेरो सानो तिनो अनुभव लाई हजुरहरुको मिडियाबाट राख्ने मौका दिनुभयो त्यसको लागि सुनिल श्रेष्ठ तथा हजुरहरुको इनटायर टिमलाई धेरै धन्यवाद दिदै आउने दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै फेरि पनि धेरै धेरै धन्यवाद।
No description available.
- Advertisement -
- Advertisement -spot_img

1 COMMENT

  1. Shri krishna thapa jii keep going we need ur type of social activist in our country wish u good luck😊

Comments are closed.

ताजा समाचार

थप समाचार

- Advertisement -