सोमबार घट्यो सुनको मूल्य, अब तोलाकाे कति पर्ला ?

spot_img

काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मूल्य स्थिर रहँदै आज चाँदी प्रतितोला रु एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय