आमा तिमीले नौ-नौ महिना ।
कोखमा बास दियौ ।।
त्यतिन्जेल आमा तिमीले
कति आँशु पियौ।।
थाहा छैन म जन्मिदा।
कति खुसी थियौ।।।
मन खिन्न पार्दै आमा।
रोयौ कि कुना र्फकेर ।।
फेरी पनि छोरी भन्दै ।
कोही बोल्यो कि झर्केर।।
तिमीलाई जलन भए होला अामा।
नहेरी हिड्दा तर्कर।।।
बुवाको मनमा के थियो कुन्नि।
छोरीले धर्ति टेक्दा।।
मनमा के के भोयो कुन्नि ।
छोरीको स्वरूप देख्दा ।।
के के लेखे भावीले पनि ।
६ दिनको दिनमा लेख्दा।।
मलाई संसार देखाउदा सम्म ।
कति आँशु पियौ।
न त बुबा दोषी, आमा ।
न त तिमी थियौ ।।
मनै भाग्य मानी आमा ।
तिमीले संसार दियौ ।।
मनै भाग्य मानी आमा तिमीले संसार दियौ ….
– विमला भुषाल, काठमाण्डाै