spot_img

अभिनेता मुकुन्दलाई एक लाख सहयोग

spot_img
spot_img

काठमाडौं । घाँटीको शल्यक्रिया गरी घरमा स्वास्थ्य लाभ गरिरहेका अभिनेता मुकुन्द थापालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । विगत २५ वर्षदेखि नेपाली फिल्ममा सफल खलनायकको रूपमा पहिचान बनाएका थापालाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषबाट उक्त सहयोग प्रदान गरिएको हो ।

नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिका संयोजकसमेत रहेका थापाको निवास काभ्रेको पनौति पुगेर बोर्डका अध्यक्ष दयाराम दाहाल र कोषकी संयोजक वसुन्धरा भुषालले उक्त रकम हस्तान्तरण गरे । भुषाल कोषको स्थापनाकाल देखि नै संयोजक छिन् भने हाल कोषको सदस्य सचिव महेन्द्र साखी छन् ।

संयोजक भुषालले कोषले स्थापना कालदेखि नै गम्भीर प्रकृतिको रोग लागेका फिल्मकर्मीहरूलाई कदर सम्मान स्वरूप सहयोग रकम उपलव्ध गराउदै आएको बताइन् ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडका, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र संघका उप–महासचिव गोपालकाजी कायस्थ, निर्माता र निर्देशक राज मानन्धरलगायतको उपस्थिति थियो ।

अभिनेता थापाकी छोरी सपनाले बुवा केही हप्ताको आराम र उपचारपछि स्वस्थ हुने जानकारी दिइन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय