spot_img

त्रिवि–कृषि विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरण प्रक्रिया अघि बढेको छ : शिक्षामन्त्री पोखरेल

spot_img
spot_img

काठमाडाै,०६ असार । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखि विवादित रहेको सम्पत्ति हस्तान्तरणको प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन्।

चितवनमा आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वर्षौंदेखि समाधान हुन नसकेको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे। उनले सम्पत्ति हस्तान्तरण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सम्बन्धित विश्वविद्यालयहरूबीच आवश्यक सहकार्य र समन्वय भइरहेको जानकारी दिए।

‘सम्पत्ति हस्तान्तरणको विषयलाई टुंगोमा पुर्‍याउन आवश्यक प्रक्रिया सुरु भइसकेको छ। यसका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ र सरकार यसलाई चाँडै सम्पन्न गर्न प्रतिबद्ध छ,’ मन्त्री पोखरेलले भने।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई कृषि शिक्षा, अनुसन्धान र नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए। उनले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान पूर्वाधार सुदृढीकरण, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री पोखरेलले कृषि क्षेत्रको आधुनिकीकरण र दक्ष जनशक्ति उत्पादनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय