CORONA UPDATE : थप २ हजार ७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

spot_img

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज कुल ७ हजार ७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप भने ३० जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय