Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

बाँकेका पाँच स्थानीय तहमा बालविवाह मुक्त घोषणा

spot_img

बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ ।

परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ गाउँपालिकाका एक\एक वटा वडा गरी हालसम्म १२ बालविवाह मुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३ र वैजनाथ गाउँपालिकाको वडा नं ५ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।

पछिल्लोपटक शनिबारमात्रै जानकी गाउँपालिकाको वडा नं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहका रूपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाए ।

बाँकेका आठ स्थानीय तहमध्ये राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।

बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए ।

विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय