बीरगन्ज,१३ भदौं – त्रिवेणी ग्रुप अन्तर्गत रहेको यसुदा होम एप्लाईन्सेसले आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नेपाली चलचित्रमा ख्यातिप्राप्त कलाकार जोडि वर्षा राउत र संजोग कोइरालालाई नियुक्त गरेको छ ।
नेपालमा गुणस्तरीय घरायसी सामानको विक्रि वितरण गर्दै आइरहेको अग्रणी संस्था त्रिवेणीले यसुदाको ब्राण्ड एम्बेसडरको रुपमा जोडी कलाकार र राउत र कोईरालालाई नियुक्त गरेको यसुदाको ब्राण्ड म्यानेजर सेफालि अग्रवालले बताउनुभयो । बि.स. २००५ मा स्थापित यस कम्पनिले साना तथा ठूला घरायसि सामाग्री हरेक नेपालीले उपभोग गर्न सक्ने मूल्यमा बिक्रि बितरण गर्दै आएको दावी गरेको छ ।
होम एप्लाईन्सेसले आफ्नो ब्राण्डको प्रवर्धनका तथा लोकप्रियता अभिबृद्धिका लागि वर्षा राउत र संजोग कोईरालालाई ब्राण्ड एम्बेस्डर नियुक्ति गरेको हो । वर्षा राउत र संजोग कोइरालाको सहकार्यले यसुदा व्राण्डको प्रबर्धनमा सहयोग पुग्ने र ब्राण्डको लोकप्रियता अझै बड्ने त्रिवेणी व्यापार प्रवन्धक निर्देशक शैलेस सांघाइले बताउनु भयो ।
यसुदाको ब्राण्ड एम्बेस्डर नियुक्त भए पछि संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै ख्यातिप्राप्त कलाकार वर्षा राउत र संजोग कोइरालाले यसुदा होम एप्लाईन्सेसको ब्राण्ड एम्बेसडर भएर काम गर्न पाउदा आफुलाई खुसी लागेको बताएका छन् । कम्पनीले यसुदाको प्रोमोशनको लागि आयोजना गरिने बिभिन्न कार्यक्रमहरुमा पनि राउत र संयोगले सहभागिता जनाउँने कम्पनीले जनाएको छ ।