spot_img

महाकाली नदीले खतराको सतह नाघ्यो, नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित

spot_img
spot_img

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेकोले महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ ।

नदीमा पानीले खतराको सतह नाघेको र शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको जानकारी प्राप्त भएको छ ।

अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले नेपाल पोष्ट डेलीलाई जानकारी दिए ।

उनले भने “महाकाली नदी तटीय क्षेत्रमा पसेको छ, धेरै परिवार प्रभावित भएका छन् ।” न्यौपानेले तथ्यांक संकलन तथा उद्दारको काम भइरहेको समेत जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय