spot_img

राप्ती नदीको बाढीमा फसेका चार जनाको गरियाे उद्धार

spot_img
spot_img

नेपालगन्ज । राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा बाढीमा फसेका ४ जनाको सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय बनकट्टी कम्दीका प्रहरी नायब निरीक्षक गोपाल शर्माले बताए ।

राप्ती नदीमा फसेका डुडुवा गाउापालिका वडा नम्बर ४ निवासी ५५ वर्षका सोखत नाउ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ६० वर्षीय नाजिर खाँको उद्धार गरिएको उनले बताए । राप्तीको बाढीमा फसेका अन्य तीन जना भने सोमबार राति नै पौडी खेलेर नदी तर्न सफल भएका थिए ।

जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ५ का चार जना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वनकरेली टिप्न गएका बेला फसेका थिए ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय