spot_img

जंगली हात्तीको आक्रमणबाट पतिपत्नीको मृत्यु

spot_img
spot_img

कञ्चनपुरमा बुधबार बिहानै जंगली हात्तीको आक्रमणबाट पतिपत्नीको ज्यान गएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरका ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्कीको जंगली हात्तीको आक्रणबाट मृत्यु भएको हो ।

जंगली हात्ती गाउँ पसेर आक्रमण गर्दा दम्पतिको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय