नेकपा एमालेले दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गरेको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ । एमालेकाे दशौं महाधिवेशन मंसिर १० देखि चितवनमा हुँदैछ ।

