spot_img

नेपालगञ्ज नगर सभापतिमा बिष्ट,रिजाल र थापाद्वारा उम्मेदवारी घोषणा, विष्टले सजिलै बाजि मार्न सक्ने आंकलन

spot_img
spot_img

नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत् देशभरका लगभग जिल्लाहरुमा वडा अधिवेशन सकिएको छ । वडा अधिबेशन सम्पन्न भएसँगै अब हुने पालिकास्तरीय अधिबेशनमा नेताहरु उम्मेदवारी दिने भन्दै कार्यकर्ता भेटघाटमा ब्यस्त छन् ।

त्यसैगरी नेपालगन्ज नगर सभापतिका लागि तीन जनाले उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेपालगन्ज नगर सभापतिमा संस्थापन समूहबाट बर्तमान सभापति प्रशान्त बिष्ट र बिनोद रिजालले उम्मेदवारी घोषणा गरिसकेका छन् । रिजाल तरुल दल बाँकेका सचिव हुन् । संस्थापन इतर समूहबाट उमा थापा मगरले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छिन् । थापा मगर नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख हुन् । संस्थापन इतरबाट नगर सभापतिमा उनी एकल उम्मेदवार हुन् ।

नगर सभापतिमा बाजी मार्न सबै उम्मेदवारहरु क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्न व्यस्त छन् । सभापतिमा उम्मेदवारी दिन लागेका बिष्ट, रिजाल र थापा मगर सबै परिचित, बलिया र सबैको मनमा बसेका नेताहरु हुन् । तर, निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तीनै जनाले दिनरात कसरत गरिरहेका छन् ।

तीनै जना बीच तीब्र प्रतिष्पर्धाको आंकलन गरिएपनि पार्टीको आन्तरिक राजनीतिमा समूहगत हिसाबले विष्टले सजिलै बाजि मार्न सक्ने आंकलन विश्लेषण गरीएकाे छ ।

व्यक्तिगत हिसाबले भने तीनै जना नगरको राजनीतिमा लोकप्रिय छन् । बाँकेमा पालिका अधिवेशन मंसिर २ गते छ। उम्मेदवारी दर्ता भने मंसिर १ गते नै हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय