spot_img

बीरगन्जमा फिल्मी शैलीमा हत्या ,शव बोरामा प्याक गरि मुख्य नाकाबाटै रक्सौल पुगि मालगाडीमा शव राखी फरार

हत्या पछि बीरगन्ज भसारको मुख्य नाकाबाटै शव भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याउँदा समेत प्रहरीले पएन पताे

spot_img
spot_img

बीरगन्ज । मंगलबार बिहान स्कुल पढ्न निस्केका बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीका १४ बर्षिय राजकुमार ठाकुर अब कहिले पनि घर फर्कन सक्दैन्न । उनको निर्मम्ता पूर्वक हत्या भइ सकेको छ ।

उनकै छिमेकी उत्तम र प्रीत्तम पटेल दाजुभाइ मिलेर निर्मम्ता पूर्वक हत्या गरेको रहस्य खुलासा भएको छ । यहि वितेको मंगलबार बिहान ९:३० बजे स्कुल पढ्न हिडेका उनका पिता मोतीलाल ठाकुरले बताएका छन् । तर स्कुल जान भनि घरबाट निस्केका राज कुमारलाइ बीरगन्ज १६ नगवा बाइपास चौकमा रहेको उत्तम टेलरमा उनकाे हत्या गरिएकाे खुलेको छ ।

कसरी गरियाे हत्या (प्रहरी श्रोत अनुसार)

पटेल दाजुभाइका बहिनी र राजकुमार गाउँकै श्री नेरा माध्यमिक बिद्यालय ईटियाहीको कक्षा ९ मा बढ्दै आएका छन । क्लासफ्रेन्ड भएका कारण दुवैजनामा घुलमेल राम्रो थियो । तर उत्तमको नजरमा राजकुमारले बहिनीको पिछा गरेको र जिस्काउँदै आएको शंका गर्दै आएका थिए । यो विषयमा गाउँपनि एकपल्ट झगडा हुदाँ स्थानिय  छलफल गराएर मिलाउँने प्रयास भएकाे थियो ।

स्कुल पढ्न भनेर घरबाट निस्केका राजकुमार मंगलबार बेलुका सम्म घर नफर्केपछि उनका बुवा मोतिलाल ठाकुरले पटेल परिवारले आफनो छोराको अपहरण गरेको हुनसक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका थिए । घटना पर्साको भएको कारण बारा प्रहरीको सहयोगमा पर्सा प्रहरीले अनुसन्धानको प्रकृया अगाडी बढाएको थियाे ।

प्रहरीले राजकुमारले बोकेको मोबाईलको अन्तिम लोकेशन पत्ता लगाई अनुसन्धान गर्ने क्रममा पिडितको उजुरीकै आधारमा उत्तम र प्रीत्तम पटेल दाजुभाईलाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि राजकुमारको हत्या आफूहरुले नै गरेको स्वीकार्य गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी श्रोतले जनाएको छ । प्रहरीले पटेल दाजुभाई सहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरीरहेको छ ।

पटेल दाजुभाइले राजकुमार ठाकुरलाइ टेलरमा बोलाएर सटरबन्द गरि मिलेर घाँटी थिचेर निर्मम्ता पूर्वक हत्या गरे । पटेल दाजुभाइले राजकुमारको हत्या गर्ने योजना पहिला नै बनाइ सकेका थिए । बाइपासको मुख्य चौकमै टेलर छ । छेउछावमा पसलहरु समेत छन् । तर यस्तो अपराधिक घटना घटाउँदा समेत छिमेकीले भनक समेत पएन्न । हत्या पछि फिल्मी सैलिमा राजकुमारको शव बोरामा प्याक गरि बाइपास सडक हुँदै बीरगन्ज भसारको मुख्य नाकाबाटै सिमावर्ती शहर भारतको रक्सौल रेल्वे स्टेशन पु¥याए ।

दुबैजना रक्सौलको रेल्वे स्टेलनमा मोटरसाइकल पार्किङ स्थलमा राखेर शवलाइ आफ्नो काधामा बोकी मालगाडीको डब्बामा शव राखी भागे । त्यस पछि मृतक राजकुमारको मोबाईल, बीरगन्ज भंसार नजिकै रहेको आंखा अस्पताल नजिक  फाले र उनको स्कुल व्याग श्रीसिया नदीमा र साईकल बीरगन्जको महाविर गल्लीमा फाले ।

तिनदिन पछि राजकुमारको शव बिहारकै भागलपुर स्टेशनमा भेटियाे । उनका परिवार शव लिन शुक्रबार बिहान भारत पुगेका थिए ।

नगवा बाईपास चौक भन्दा करिब ५ सय मिटर दुरीमा एउटा घरमा जडान गरिएको सिसी क्यामरामा उत्तम र प्रीत्तमले शव लगेको देखिएपछि उनको शव ठेकाना लगाएको उनीहरुले पुष्टि गरेका छन् ।

प्रहरी समक्ष बयानमा समेत घाँटी थिचेर राजकुमारको हत्या गरेको स्वीकार्य गरेका छन् । हत्या पश्चात् उनको शव भारतमा समेत पुर्याएका थिए । कसैले शंका नगरोस भनी उन्निहरु बोलबम कलरमा भएको लुगा लगाएर आफ्नो मोटरसाइकलमा बोरामा प्याक गरेको शवलाइ राखेर दुबै दाजुभाइ रक्सौल स्थित रेल्वे स्टेशनमा पुर्याएका थिए ।

हत्याको योजना समलग्न अन्यको खोजीकार्य जारी रहेको पर्साको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । घटना पश्चात् उत्तम, प्रीत्तम सहित उनका बुवालाइ नियन्त्रणमा राखेर अनुधान गर्ने काम भइ रहेको उनले बताए । राजकुमारको हत्या भएको खबरले इटियाही पुरै गाउँ नै शोकमा डुबेको छ ।

डेढ दशक भन्दा नगवा बाईपास चौकमा पटेल दाजुभाईले कपडा सिलाउँने टेलर संचालन गर्दै आएका छ । एकदम सालिन हावभाव रहेका र व्यवहार पनि उत्तिकै राम्रो थियो । यो घटना पश्चात पनि उनीहरु समाजमा घुलमेल गरेर बसेका थिए । घटनाको भोली पल्ट छिमेकीको घरभोजमा पनि उत्साहजनक पूर्वक सहभागिता जनाउँदै साथीभाईहरु संग रमाईलो कुराकामी समेत गरेको स्थानिय बताउँछन ।

उनको हावभावले कसैले पनि सोचेका थिएन त्यस्ता अपराधी घटना घटाउँन सक्छ भनेर । तर अहिले यो घटना बाहिरीले पछि स्थानिय समेत चकितमा परेका छन । टेलर नजिकै पानपसल छ, छेउमा किताब पसल छ, बिहान देखि बेलुका सम्म पसलमा भिडभाड हुन्छ, हत्या जस्तो अपराधीक घटना घटदा समेत छिमेकीलाई भनक लागेन ।

यो घटनामा स्थानियले प्रहरी सुरक्षाप्रति पनि गम्भीर प्रश्न चिन्ह खडा गरेका छन । दिनदहाडै एक युवकको हत्या पछि शवलाई मुख्यराजमार्गबाट भारत पु¥याउँनु प्रहरीको ठूलो लापरवाहीको हो । बीरगन्जको मुख्य भंसार देखि बसपार्क सम्म ५ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकप्वाईन्ट छ ।

दिउँसो शव बोरामा राखेर बीरगन्जबाट रक्सौल पु¥याईन्छ तर प्रहरी मुकदर्शक बनेको छ । या त प्रहरीले रकम लिएर शव जान दिएको छ होईन भन्नै प्रहरी गम्भीर लापरवाही छ, स्थानियले भने, ५ किलो चिन्नी ल्याउँदा प्रहरीले समाउँन सक्ने, बोरामा शव लिएर जाँदा किन प्रहरीले पक्राउ गर्न सकेन ?

१४ बर्षिय बालकको हत्याको खबरले आक्रोशित स्थानियले पटेल परिवारको घरमा तोडफोड तथा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको थिए । अहिले पनि गाउँमा कुनै अप्रीय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थित रहेको छ । आरोपितको घर परिवार गाउँ नै छोडेर भागेका छन् । मृतकका आफन्त परिवार तथा स्थानियले दोषीलाइ हदैसम्म कानुनी कारवाही गर्नुपर्ने माँग समेत गरेका छन् । घटनको मुख्य योजनाकार अरुनै रहेकोले प्रहरीले घटनाबारे गम्भीर रुपमा अनुसन्धान गरेर दोषी सबैलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही हुनुपर्ने माँग स्थानियले गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय